ghar sansar

स्वास्थ्य विज्ञान विश्वविद्यालयको कार्यदिशाबारे थालियो छलफल, विश्वविद्यालय अभियानका अभियन्ता भट्ट भन्छन्– विश्वविद्यालयका लागि चाहिने ऐन बनाउन फेरि दबाब दिनु पर्ने आवश्यकता छ

khasi

प्रकाश विक्रम शाह
धनगढी । कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय भावी कार्यदिशाबारे नागरिक स्तरमा छलफल हुन थालेको छ । सरकारले झन्डै दुई साताअघि गेटामा बन्दै गरेको मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेपछि नागरिक स्तरमा छलफल हुन थालेको हो ।

सो विश्वविद्यालय स्थापनाका लागि निक्कै दबाबमूलक काम गर्नु भएका निवर्तमान प्रतिनिधि सभा सदस्य डा. दीपकप्रकाश भट्टको उपस्थितिमा सोमबार धनगढीमा भावी कार्यदिशा र हाम्रो दायित्वबारे छलफल गरिएको छ ।1

Anant bahu travels

सो अवसरमा बोल्दै निवर्तमान प्रतिनिधि सभा सदस्य डा. भट्टले विश्वविद्यालय सञ्चालन गर्न आवश्यक पर्ने ऐन बनाउन फेरि दबाब दिनु पर्ने, स्वदेश र विदेशमा चिकित्सा शास्त्र पढाउने सुदूर पश्चिमेलीको खोजी गरेर यही पढाउन लगाउने वातावरण बनाउनु पर्ने, शिक्षा मन्त्रालय अन्तर्गतका पुराना अस्पताल र नयाँ अस्पताललाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको मातहतमा ल्याउनु पर्ने आवश्यकता औँल्याए ।

dirghayi clinic

अधिकांश भौतिक संरचना बनिसक्दा पनि कसरी मेडिकल कलेज वा विश्वविद्यालय सञ्चालन गर्ने भन्ने बारेमा रहेको अन्योल हटाउन माग गर्दे आन्दोलित लोकराज पाण्डेले सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय घोषणा गरेर महत्त्वपूर्ण काम गरेको भए पनि चाँडै कार्यदिशा सहित घोषणा कार्यान्वयन गर्नुपर्ने बताए ।

सो विश्वविद्यालयको फागुन १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थलगत अध्ययन गरेका थिए । स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रतिनिधि सभाबाट आवश्यक ऐन बनाउन पनि बाँकी छ । 

सो विश्वविद्यालयका संरचना निर्माणका लागि पाँच अर्ब ४१ करोड रुपियाँ खर्च भइसेकेको गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए । अझै साढे दुई अर्ब जति संरचना निर्माणमा खर्च हुने अनुमान छ ।

सुदूरपश्चिम बाहेकका प्रदेशमा मेडिकल कलेज सञ्चालनमा छन् तर सुदूरपश्चिममा एउटै पनि मेडिकल कलेज नहुँदा यहाँका नागरिक राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने वातावरण बनाउन सङ्घर्षरत छन् ।

Himal dental
सम्बन्धित
Loading...