

महेन्द्रनगर । काँग्रेस केन्द्रिय सदस्यमा सन्तोसी साउद ऐरी पराजित भएका छन् । काङ्ग्रेसको १५ औ महाधिवेशनमा साउद खस आर्य महिला खुला केन्द्रिय सदस्य उम्मेदवार थिइन् ।
साउँदले एक हजार छ सय ८८ मत ल्याएकी छन् । काँग्रेस निर्वाचन समितिका अनुसार साउद ११ औ स्थानको मत ल्याएकी छ्न् । ८ केन्द्रिय सदस्यका लागि साउँद सहित ३२ जना प्रतिस्पर्धामा थिए ।
साउद बिशेष महाधिवेशनबाट साउद केन्द्रिय सदस्य भएकी थिइन् ।
काँग्रेस १५ औ महाधिवेशनका लागि उनी कञ्चनपुर ३ बाट खस आर्य कल्स्टरमा निर्विरोध महाधिवेशन प्रतिनिधि भएकी हुन् ।
कञ्चनपुर ३ मा साउदका दाई माधव साउद महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए । काँग्रेस १४ औ महाधिवेशनना उनी महाधिवेशन प्रतिनिधि भएकी थिइन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा साउद भीमदत्त १९ को वडा अध्यक्ष चुनाव लडेकी थिइन् । २०७४ मा साउद वडा सदस्य निर्वाचित भएकी थिइन् ।

बिशेष महाधिवेशमा सहभागी हरि प्रसाद बोहरा र लेखराज जोशी पनि केन्द्रिय सदस्यमा पराजित भएका छन् ।
कञ्चनपुर ३ बाट साउँद र दिवाकर पाण्डेय विशेष महाधिवेशनमा सहभागी भएका थिए । यसैगरी २ नम्बरबाट लेखराज जोशी, उद्धब बोहरा सहित सहभागी भएका थिए ।
यसैगरी १ बाछ सबैभन्दा गोपाल गुरुङ्ग,गोपी उपाधयय, हरेन्द्र विष्ट, अमर साउँद, गंगा अर्याल, बिन्दु श्रेष्ठ सहभागी भएका थिए ।
्उनीहरु सबै १४ औं महाधिवेशनबाट महाविशेन प्रतिनिधि भएका थिए । उनीहरु बाहेक गणेश नेगी, हरि प्रसाद बोहरा लगायतका नेता विशेष सहभागी भएका थिए ।
विशेषमा सहभागी नेगी कञ्चनपुर ३ को क्षेत्रीय सभापतिमा पराजित भएका थिए ।
काँग्रेस नेता गुरुङ्ग भने फागुन २१ गतेको चुनावपछि पार्टी सभापति गगन थापासित असन्तुष्ट भएका थिए । गुरुङ्गले प्रेम विष्टलाई टिकट दिन थापासित माग गरेका थिए ।
गुरुङ्ग १५ औं महाधिवेशन निर्वाचन कार्यक्रममा सहभागी नभएर बाहिर बसेका छन् ।
