ghar sansar

काँग्रेस संस्थापन इतरको कञ्चनपुर ३ मा उम्मेदवार भएका पूर्व राज्यमन्त्री भारती सहित चार नेता स्वतः महाधिवेशन प्रतिनिधि

khasi

महेन्द्रनगर । काँग्रेस संस्थापन इतरको कञ्चनपुर ३ मा महाधिवेशन प्रतिनिधिको निर्वाचनबाट सुदूरपश्चिम सरकारका पूर्व राज्य मन्त्री सहित चार जना स्वतः महाधिवेशन प्रतिनिधि भएका छन् ।

दशै. तिहार सुरु भएपछि काँग्रेस पार्टी कार्यालयमा जारी महाधिवेशन प्रतिनिधि निर्वाचन कार्यक्रम अनिश्चितकाल स्थगित भएको छ ।

निर्वाचन कार्यक्रम स्थगित हुन अघि पूर्व राज्य मन्त्री मधुदेबी भारती, भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी र दोधारा चाँदनीका उप मेयर गंगा जोशी स्वतः महाधिवेशन प्रतिनिधि भएका हुन् ।

काँगे्रस संस्थापन इतरको जनप्रतिनिधि स्वतः प्रतिनिधि हुने परिपत्र पठाएपछि उनीहरु महाधिवेशन प्रतिनिधिको उम्मेदवारबाट स्वतः बाहिर भएका छन् ।

पूर्व राज्यमन्त्री भारती खस आर्य, बोगटी खुल्ला र उप मेयरद्वयले महिला खुल्लामा उम्मेदवार थिए ।

कञ्चनपुर ३ बाट ३५ प्रतिनिधिका लागि ८४ जना प्रतिस्पर्धी भएका थिए । स्वतः प्रतिनिधि हुने व्यवस्थापछि ८० उम्मेदवार प्रतिस्पर्धामा भएका छन् ।

१४ खुलाका प्रतिनिधिका लागि प्रेम प्रकाश भट्ट, गंगादत्त भट्ट, बिष्णु बहादुर सिह, गोकुल राज जोशी, माधव प्रसाद भट्ट, हरि प्रसाद भट्ट, कृष्णदत्त पनेरु, गोपालदत्त भट्ट, कर्ण बहादुर विष्ट, डम्बर बहादुर चन्द र आशिफ कुँबर भुन्टु, छन् ।

महाधिवेशन प्रतिनिनिधिका लागि पदमराज बोहरा, नर बहादुर साउँद, राजेश कुमार ठकुराठी, महेश चन्द, आशिस कुमार खत्री, गोकर्ण बहादुर चन्द, गणेश भट्ट, डम्बर साउँद, करुणाकर पनेरु, दुर्गा प्रसाद जोशी, श्याम सुन्दर ठकुराठी, उदय प्रकाश साउँद, धरम सिह रावल र अमर बहादुर मल्लले पनि खुलामा उम्मेदवारी दिएका छन् ।

dirghayi clinic

यसैगरी खुला (महिला) मा धनसरा चन्द, लक्ष्मी कार्की, जोत्सना कुमारी विष्ट, सुशिला स्वाँर, सिता कुमारी भण्डारी, निर्मला सापकोटा भट्ट, चन्द्रा भण्डारी, मिना ठगुन्ना र शारदा विश्वकर्मा महाधिवेशन प्रतिनिधि उम्मेदवार छन् ।

खस आर्यमा ईश्वरी दत्त जोशी, प्रकाश चन्द, अफिलाल जोशी, भीमराज भट्ट, पुस्कर बहादुर सिंह, प्रकाश दत्त भट्ट र प्रकाश दत्त जोशीको उम्मेदवारी परेको छ ।

यसैगरी महिलामा मधुदेबी भारती, नितु भट्ट, रमिता शाही देउवा र यशोदा खड्का उम्मेदवार भएका छन् ।

दलितमा मदनलाल सुनार र रमेश दयाल उम्मेदवार छन् । थारुमा थारु जग बहादुर चौधरी उम्मेदवार भएका छन् । बेदप्रकाश चौधरी र राम सोगारथ ठाकुर समावेशीमा उम्मेदवार छन् ।

समावेशी आदिवासी पशुपति थापा मगरको एकल उम्मेदवारी परेको छ । १८–२८ नव युवामा एलिना चौधरी, सञ्जय अधिकारी र चन्द्रकान्त जोशीले उम्मेदवारी दिएका छन् ।

४० वर्ष मुनिका युवामा बिनोद बडु, बिक्की नेगी, कैलाश चन्द, प्रेम बहादुर कार्की, माधव प्रसाद भट्ट, राज सिह पुजारा, विशाल खत्री, मन्जु कुँबर, भागरथी विष्ट र लक्ष्मी भट्ट थापा उम्मेदवार छन् ।

विज्ञ श्रमिकमा लालमनी पाण्डेय, दिलु प्रसाद बोहरा र टेक बहादुर कडायतले उम्मेदवारी दर्ता गराएका छन् ।

अशोक बहादुर चन्द, संगिता साउँद र सिद्धराज पन्तले अपाङ्गतामा उम्मेदवारी दिएका छन् ।

प्रजातन्त्र सेनानीमा खेमराज पैतोला, मथुरा पन्त, कलक बहादुर सिंह, अमर बहादुर विष्ट र देब बहादुर जोराको उम्मेदवारी छ ।

यसैगरी महाधिवेशन प्रतिनिधिको अन्यमा चक्र महता, दिल बहादुर सिजाली र मनसा डगौरा उम्मेदवार भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...