ghar sansar

निजामती कर्मचारी संगठन शुक्लाफाँटाको अध्यक्षमा जोशी

khasi

महेन्द्रनगर । नेकपा एमाले सम्बद्ध नेपाल निजामती कर्मचारी संगठन शुक्लाफाँटा नगर समितिको अध्यक्षमा कमला कुमारी जोशी चयन भएकी छन् ।  नगर समितिको प्रथम अधिवेशनबाट जोशीको नेतृत्वमा समिति चयन गरिएको छ ।

dirghayi clinic

समितिको उपाध्यक्षमा सुरेश पन्त, सचिवमा पदम महरा, कोषाध्यक्षमा टिकाराम तिवारी चयन भएका छन्। यसैगरी सदस्यमा बिरेन्द्र विष्ट, कविता जोशी, पार्वती साउँद, सवारीलाल डगौरा, लक्ष्मण सेटी, निरज जोशी, डम्बरदत्त जोशी, करनसिंह ठगुन्ना र माधवी साउँद छन् ।

नेपाल निजामती कर्मचारी संगठनका जिल्ला सल्लाहकार सदस्य रुद्रबहादुर ओलीको अध्यक्षतामा भएको प्रथम अधिवेशनमा जिल्ला इन्चार्ज प्रताप चन्द, विशिष्ट अतिथिमा शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महरा, निजामती कर्मचारी संगठनका सुदूरपश्चिम महासचिव महादेव जोशी, जिल्ला अध्यक्ष मान बहादुर चन्द थिए। कृष्ण बहादुर कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...