ghar sansar

बेलौरीमा मेयरलाई मस्ती, कर्मचारीलाई सास्ती

little buddha academy
khasi

महेन्द्रनगर । बेलौरी नगरपालिकामा फोहर व्यवस्थापनका लागि रकम आए पनि व्यवस्थापनको टुङ्गो अनिश्चित भएको छ । केही महिनायता बेलौरी बजार लगायतको फोहोर व्यवस्थापन गर्न नगरपालिका उदासीन देखिएको छ ।

विगतमा बेलौरी नगरपालिका वडा नम्बर ५ रामनगर स्थित सामुदायिक बन परिसरमा फोहोर फाल्ने गरिएको थियो । बन परिसरमा प्रतिकुल असर पर्ने गरी जथाभाबी फोहोर फाल्ने गरेको जनगुनासो बढेपछि आवश्यक प्रक्रिया पूरा नगरी बन क्षेत्रमा फोहोर फाल्ने गरेको बेलौरी नगरपालिका कार्यालयको नाममा एक महिना अगाडि मात्रै कुण्डा सवडिभिजन बन कार्यालय पच्कडियाले उक्त कार्य नगर्न नगराउन परिपत्र नै गरेको थियो । त्यसयता बेलौरी नगरपालिकाले बेलौरी बजारको पनि फोहोर उठाएको छैन ।

,orning glory badhai

यस विषयमा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विकलाई सोध्दा उनले फोहोर व्यवस्थापनको टुङ्गो लगाउन नसक्दा हैरान भएको प्रतिक्रिया दिएका छन् । “फोहोर काँ लगेर फाल्ने भन्ने समस्या छ । अब यो समस्या त म पहिला बस्दाखेरि पनि यस्तै थियो । अब जनप्रतिनिधि आएपछि नि यसलाई व्यवस्थापन गर्न पहल त भएछ अलिअलि तर अहिले पनि उस्तै छ ।” उनी भन्छन् । फोहोर व्यवस्थापनका लागि भन्दै रु. २ करोड ५० लाख रकम विशेष अनुदानबाट आएको भए पनि नगरपालिकाले उचित स्थान छनौट गर्न नसक्दा उक्त बजेट फिर्ता जान सक्ने देखिन्छ ।

dirghayi clinic

वडा नम्बर २ लगायतका केही ठाउँमा खाली जग्गा रहेको जानकारी आए पनि त्यहाँ स्थानीयले फोहोर फाल्न नदिने भनेपछि जग्गाको खोजीमा रहेको प्रमुख प्रशासकीय अधिकृत विकको भनाइ छ । “त्यो ठाउँ नपाएर व्यवस्थापन गर्न गाह्रो छ । अब अहिले उठाउन त हाम्रा गाडीहरू जान्छन्, उठाउँछन् । म कर्मचारी पनि नपुग भए थप दुई तीन जना अझै राखूँ भन्नेमा छु” उनी भन्छन् ।

बेलौरी नगरपालिका क्षेत्र भित्र ३ वटा ठूला बजार सहित दर्जनौँ ससाना बजार क्षेत्र भए पनि हालसम्म नगरपालिकाले बेलौरी बजारको पनि केही भागको मात्र फोहोर उठाउने गरेको बेलौरीका व्यवसायीहरू बताउँछन् ।

नगरपालिकाबाट फोहोर लैजाने कर्मचारी बेलौरी बजार क्षेत्रमा कतिखेर आउँछन् भन्ने पनि धेरै बजारवासीलाई थाहा छैन । फोहोर व्यवस्थापनका लागि कति कर्मचारी कार्यालयमा भर्ना गरिएको छ र तिनीहरूले कुन समयमा फोहोर व्यवस्थापन गर्छन् भन्नेमा पनि बजारवासी अनविज्ञ देखिन्छन् ।

साभार : नेपालबोध डटकम

Himal dental
सम्बन्धित
Loading...