ghar sansar

भीमदत्त १८ मा अलपत्र सडक : पहिले नगरपालिकाबाट बजेट कटौती गरी दुःख पाइयो, अहिले ठेकेदारलाई गुहार्दा गुहार्दै हैरान भइयो

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ मा आधा दर्जन सडक निर्माण कार्य अलपत्र परेको छ । भीनपा १८ को खैरभट्टीको शान्ती टोल, गोबरिया नेगी टोलदेखी पूर्व जाने बाटो, निम्बुखेडाको पुरानो स्वास्थ्य चौकीदेखी पूर्व जाने बाटो, निम्बुखेडा उल्टाखाम पुलदेखी दक्षिण जोड्ने बाटो, र पत्थरपुर जोडने बाटोहरुको काम अलपत्र परेको छ ।

यी सबै बजेटमा चालु आर्थिक वर्षमा बजेट कटौती गरिएको छ । त्यस विरुद्ध वडा अध्यक्ष रविन्द्र देवकोटा गत मंसिर २० गतेदेखी १ हप्तासम्म सडकमा अनशन बसेर उक्त बाटोमा फेरि काम सुचारु गर्ने भनेर पालिकाले निर्णय नै गरेको थियो ।

,orning glory badhai

‘पहिला पनि बजेट कटौती गरेर भीमदत्त नगरपालिकाले दुःख दियो अब निर्माण कम्पनीले आज गर्छु भोलि सडक बनाउँछु भन्दै टाढिरहेको छ’ उनले भने ‘अब केही दिन भित्रै निर्माण कम्पनीका व्यक्ति सम्पर्कमा नआए कडा कदम चालिनेछ ।’

पटक पटक सम्पर्क गर्दा पनि निर्माण कम्पनी सम्पर्कमा नआउने काम पनि नगर्ने भएपछि अब कारवाहीको तयारीमा आफु रहेको उनले बताए । गत आर्थिक वर्षमा बजेट विनियोजन भईसकेको सडकका बेस निर्माणको कार्य पनि सम्पन्न भईसकेको छ । आधा अधुरो सडकमा स्थानियहरुलाई सास्ती भएको छ ।

dirghayi clinic

अघिल्लो आर्थिक वर्षमा निर्माण सुरु गरिएका सडकको बजेट कटौती गरिएपछि आफुले अनशन बसेर पुनः काम गर्ने वातावरण बनाएपनि फेरी काम हुन नदिने चलखेल शुरु भएको आशंका रहेको अध्यक्ष देवकोटाले बताए ।

अन्य सबै क्षेत्रमा गत वर्षको बजेटले काम पनि भईसकेको अवस्थामा यो वडामा सडक निर्माणको काम अधुँरो रहेको भीमदत्त नगरपालिका १८ तल्लो गोवरियाका मोहन ऐरले बताए ।

सरकार सबैको लागि बराबर हो जस्तो लाग्थ्यो तर यो वडा नम्वर १८ मा आगामी बजेट को काम पनि हुन नसकेको मा स्थानियहरु आक्रोशित भएको उनले बताए ।

काम सुचारु गरिएन भने उक्त निर्माण कम्पनीलाई कालो सुचीमा राखिने, अब उपरान्त पालिकाको कुनै पनि काम गर्न अयोग्य हुने गरी कारवाहीको प्रक्रिया अघि बढाईने वडा अध्यक्ष देवकोटाले बताए ।

स्थानियले रातदिन फोन गरेर आफनो समस्या राख्ने गरेका छन् तर यता निर्माण कम्पनीले भने, अटेरी गरिरहेको उनले बताए । उक्त विषयमा निर्माण कम्पनीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।

Himal dental
सम्बन्धित
Loading...