ghar sansar

धनगढीमा आरोही उद्यमी मेला हुँदै, महिला उद्यमीका ३० स्टल राखिने

khasi

महेन्द्रनगर । महिला उद्यमशिलताको प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण तथा महिला उद्यमीलाई नयाँ बजारसँग जोड्ने उद्देश्यले धनगढीमा ‘आरोही उद्यमी मेला–२०८३’ आयोजना हुने भएको छ ।

एफसीए नेपालसहित विभिन्न संघसंस्था तथा साझेदार संस्थाहरूको सहकार्यमा आगामी मंसिर ८ र ९ गते धनगढीस्थित होटल रुबसमा मेला आयोजना हुन लागेको हो। मेलामा सुदूरपश्चिम प्रदेशका महिला उद्यमीहरूले उत्पादन गरेका विभिन्न वस्तु तथा सामग्रीको प्रदर्शनी तथा बिक्री गरिने बताइएको छ ।

ratnam

निड्स नेपालका परियोजना संयोजक हेमन्त शाहीले मेलाले महिला उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रदर्शनी तथा बजारीकरण गर्ने अवसर प्रदान गर्नुका साथै व्यावसायिक क्षमता अभिवृद्धि र बजार पहुँच विस्तारमा सहयोग पुग्ने
बताए । उनले महिला उद्यमीबीच अनुभव आदानप्रदान, सहकार्य र व्यावसायिक सम्बन्ध विकास गर्नसमेत मेला महत्वपूर्ण हुने बताए ।

मेलामा महिला उद्यमीहरूका करिब ३० वटा स्टल रहनेछन्। स्टलमा मह, झोला, हस्तकलाका सामग्री, स्थानीय तथा परम्परागत उत्पादन र खाद्य सामग्रीलगायत वस्तु प्रदर्शनी तथा बिक्रीका लागि राखिने छन् ।

dirghayi clinic

मेलामा उत्पादन प्रदर्शनी तथा बिक्रीका अतिरिक्त नेल आर्ट, फेस पेन्टिङ, रमाइलो सांस्कृतिक कार्यक्रम र स्थानीय परिकारका स्टलसमेत रहने आयोजकले जनाएको छ ।

यसैगरी, मंसिर ९ गते मेलासँगै एफसीए नेपालद्वारा सञ्चालित ‘आरोही मेन्टरसिप, सीप विकास र सहकार्यमा आधारित महिला उद्यमशीलताको प्रवद्र्धन’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम समूहको छमहिने मेन्टरसिप कार्यक्रमको औपचारिक समापन समारोहसमेत आयोजना गरिनेछ ।

उक्त कार्यक्रममार्फत महिला उद्यमीहरूलाई अनुभवी मेन्टरसँग आबद्ध गरी व्यक्तिगत मार्गदर्शन, सीप विकास, ज्ञान आदानप्रदान तथा व्यावसायिक विकासका अवसर प्रदान गरिएको थियो ।

समापन समारोहमा सहभागी महिला उद्यमीहरूले छमहिने यात्राका उपलब्धि, अनुभव तथा सिकाइ आदानप्रदान गर्नुका साथै आगामी व्यावसायिक सम्भावनाबारे छलफल गर्ने छन् ।

कार्यक्रम फिनल्याण्डको परराष्ट्र मन्त्रालय र वुमेन्स बैंकको सहयोगमा सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...