

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरको कार्य समितिमा दुई सदस्य मनोनित गरिएका छन् ।

संघको आइतबार बसेको बैठकले साधारण सदस्यद्वय ज्ञानेन्द्र प्रसाद फुयाल र आशिष कुमार खत्रीलाई कार्य समिति सदस्यमा मनोनित गरेको हो ।

संघको विधानमा संघका अध्यक्ष र कार्य समितिले एक÷एक जना सदस्य मनोनित गर्ने व्यवस्था छ । त्यस अनुसार अध्यक्ष पुष्पराज अवस्थीको सिफारिशमा खत्री र कार्य समितिबाट फुयाल मनोनित भएका छन् ।
२०८२ भदौमा भएको निर्वाचनबाट संघको नयाँ कार्य समिति निर्वाचित भएको थियो ।
