ghar sansar

भीमदत्तकी उप मेयर जोशीले गरिन् ब्रह्मदेब सहितका बजारमा अनुगमन, सशत्र प्रहरीलाई नाकामा कडाईका लागि आग्रह

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखक जोशीले नगरपालिकाका तीन वडाका बजारमा अनुगमन गरेकी छन् । भीनपा वडा नं. ७, ८ र ९ का बजार छड्के अनुगमन गरेकी छन् । भीनपा ७ को हल्दुखाल, वडा नं. ८ तिलाचौर र वडा नं. ९ बह्मदेव बजारमा अनुगमन गरिएको छ ।

dirghayi clinic

सरकारले प्रतिबन्ध लगाएका भारतीय कुखुरा र मासु तथा अण्डाको अवैध आयात गरी बिक्री वितरण गर्ने गरिएको खबर प्राप्त भएपछि अनुगमन गरिएको नगर उपप्रमुख जोशी बताइन् ।

,orning glory badhai

भारतीय सीमासंग जोडिएको बह्मदेव लगयत हल्दुखाल, तिलाचौर क्षेत्रका पसलमा सरकारले प्रतिवन्ध लगाएको भारतिय कुखुरा,मासु तथा अण्डा विक्रिवितरण गर्ने गरेको खबर पाएपछि आज हामीले ती क्षेत्रका केही पसलमा छड्के अनुगमन गरेका छौ’ उनले भनिन्, ‘आज पहिलो चरणको अनुगमनका क्रममा व्यपारीहरुलाई भारतीय कुखुरा,मासु, अण्डा विक्रिवितरण नगर्न अनुरोध निर्देशन दिएका छौ ।’

सशस्त्र प्रहरी सीमा सुरक्षा बल बह्मदेवका प्रमुखसंग विषयमा छलफल तथा नाकामा कडाइ गर्न समेत आग्रह गरिएको उल्लेख गर्दै उनले भनिन्, ‘हामी केही दिनमा पुनः अनुगमन गर्छौ र त्यस बेला पनि भारतिय कुखुरा,मासु,अण्डा बिक्री वितरण गरेको पाइएमा सामान नष्ट लगायत कानुनी कारवाही गर्छौ ।’

Himal dental
सम्बन्धित
Loading...