ghar sansar

सृजनशिल सहकारी : १७ हजार शेयर सदस्य, ४५ करोड निक्षेप, ७५ करोड ऋण लगानी

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशिल बचत तथा ऋण सहकारी संस्थाले बचतकर्तालाई सहकारी शिक्षा दिएको छ। मंगलबार सहकारीका अध्यक्ष शिवराज भट्टको अध्यक्षता र शुक्लाफाँटाका नगर प्रमुख रण बहादुर महराको प्रमुख आतिथ्यतामा बचतकर्तालाई सहकारी शिक्षा तथा केन्द्र प्रमुखको गोष्ठी गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख महराले देशको अर्थतन्त्र संकट आउने खतरा देखिएको बताए । ‘देशमा आर्थिक समस्या उत्पन्न भएको छ, यो समस्या सामाधानका लागि सबैले सहकार्य गर्नु आवश्यक छ,’ उनले भने, ‘नागरिकले पनि नयाँ तरिकाले सोच्नुपर्छ, खर्च घटाउने र बिलासितामा कटौती गर्नु जरुरी छ ।’

,orning glory badhai

देशमै आर्थिक समस्या देखिएकाले सहकारी र लघुबिक्तहरुले सेवाग्राही समस्यामा नपर्ने गरि काम गर्नुुपर्ने उनको भनाई छ । ‘अहिलेको अवस्थामा सहकारी तथा लघुविक्तले फाइदा भन्दा पनि सेवाग्राहीको सेवामा ध्यान दिनुपर्छ,’ उनले भने, ‘सकिन्छ भने ब्याजदर घटाउँदै सेवाग्राहीको पक्षमा काम गरौं ।’

dirghayi clinic

ऋण लगानी गरेर नागरिकलाई लुट्न मात्रै खोज्ने सहकारी तथा लघुविक्तहरुलाई कानूनी दायरामा ल्याइने नगर प्रमुख महराले बताए। ‘लघुविक्तका सन्दर्भमा धेरै कुरा उठेका छन्, कतिपय सत्य छन् भने कतिपय अपबाह छन्,’ उनले भने, ‘राम्रो उदेश्यसहित काम गरिरहेका सहकारी तथा लघुविक्तको पक्षमा नगरपालिका सधै रहनेछ, तर नागरिकलाई लुट्ने उद्देश्यले ऋण लगानी गर्नेहरुलाई नगरपालिकाले कारबाही समेत गर्नेछ ।’

शुक्लाफाँटामा ६० सहकारी सञ्चालित भएपनि २ वटा सहकारीले नगरपालिकामा दर्ता गराएको नगर उपप्रमुख कल्पना पन्त जोशीले बताइन् । ‘सहकारीहरुले नगरपालिकामा सुचिकृत गराउनुपर्छ, धेरै सहकारी सुचिकृत भएका छैनन्,’ उनले भने, ‘सहकारीहरुले नगरपालिकालाई तिर्नुपर्ने कर तिनुपर्छ, अनिवार्य नगरपालिकामा सुचिकृत गराउनु पर्छ।’

कार्यक्रममा सहकारी प्रबन्धक मदनराज भट्टले सहकारीको कार्य योजना प्रस्तुत गरेका थिए । झलारीमा मुख्य कार्यलय भएको सृजनशिल सहकारीले कञ्चनपुर र कैलालीमा सेवा दिइरहेको छ । ‘यस सहकारीका कञ्चनपुरमा १० वटा शाखा र कैलालीको धनगढीमा १ शाखा सञ्चालनमा छ, अगामी वर्ष डडेल्धुराबाट पनि सेवा दिनेछौं,’ उनले भने, ‘हामी सुदूरपश्चिमका सबै जिल्लामा सेवा बिस्तार गर्ने योजनाका साथ काम गरिरहेका छौं ।’

सहकारीमा १७ हजार १ सय ८० जना सेयर सदस्य छन्। सहकारीले ५ हजार ४ सय ५५ जनलाई ऋण लगानी गरेको छ। सहकारीका सदस्यबाट उठाएको रकम सदस्यलाई नै लागनी गर्ने गरेको उनले बताए । ‘हामीले सदस्यबाट उठाएको लगानी सदस्यहरुमाथि नै लगानी गरेका छौं,’ उनले भने, ‘हामी कहीँ भाग्दैनौं, सदस्यबाट लगानी उठाएर अन्य ठाउँमा लगानी लगाउने सहकारी तथा लघुविक्त मात्रै भाग्छन् ।’

सहकारीले बचत तथा ऋण सेवा, लघुविक्त कार्यक्रम, कृषिमा निशुल्क प्राविधिक सल्लाह, रेमिटान्स तथा विमा सेवा, स्वरोजगार तथा युवा उद्यम कार्यक्रम, सीपमुलक कार्यक्रमलगायतका सेवा दिदै आएको छ। सहकारीले सदस्यबाट ४५ करोड बचत संकलन गरेर ७५ करोड ऋण लगानी गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...