ghar sansar

सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसमा षडयन्त्र पूर्वक चुनाव सारिएको भन्दै समाजवादी अखिल असन्तुष्ट, क्याम्पस प्रशासनलाई आन्दोलनको चेतावनी

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियूले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसमा चैत २१ गतेका लागि तोकिएको निर्वाचन विरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ । अनेरास्ववियुका कञ्चनपुर संयोजक प्रज्वल कुँवर नेतृत्वमा मंगलबार केन्द्रीय क्याम्पसमा मागपत्र बुझाउँदै निर्वाचन आफू अनुकुल गर्न खोजिएको भन्दै आन्दोलनमा जाने चेतावनी दिइएको हो ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसमा ८ गते तोकिएको निर्वाचन केही निर्वाचन संगठनले तालाबन्दी गरेपछि सारिएएको थियो । चार दिन अघि समाजवादी अखिल बाहेक अन्य विद्यार्थी संगठन र प्रशासनबीच चैत चुनाव गर्ने सहमति भएको थियो ।

,orning glory badhai

अखिलका जिल्ला संयोजक कुँबरले षड्यन्त्र पूर्वक चुनाव मिति सारिएकोले निर्धारित मिति चुनावका लागि कुनै पनि हालतमा उपयुक्त नभएको बताए । ८ गतेको चुनाव सारेर २१मा पु¥याउने काम निन्दनीय छ, ‘उनले भने, ‘अब समग्र विद्यार्थीको हकहितलाई ध्यान दिएर समय निर्धारण गर्नु पर्छ ।’

dirghayi clinic

उनले चैत २१ गते विद्यार्थीहरुको परीक्षा समेत भएकाले ती विद्यार्थी मतदानबाट वञ्चित हुने गरी चुनाव मिति तोकिएकोले तत्काल सच्याउनु पर्ने बताए ।

अखिलका संयोजक कुँवर सहित तोयराज जोशी, क्याम्पस इकाई अध्यक्ष कविराज अवस्थी, रमेश शाह सहितका अनेरास्ववियू नेताहरुकाले क्याम्पस प्रमुख कुम्भ बहादुर चन्द र निर्वाचन समितिका संयोजक तोरण प्रशाद भट्टलाई भेटेर चैत्र ८ चुनाव सारिएकोमा असन्तुष्टि पोखेका छन् ।

अनेरास्ववियूले नियमावली संशोधन गरेरै भएपनि सबै विद्यार्थीलाई चुनावमा सहभागि गराउनुपर्ने माग अघि सारेको
छ । नियमावलीमा परीक्षा दिईसकेपछि स्वत कार्यकाल सकिने प्रावधान राखेर जितेर गएका विद्यार्थीको अवस्था उस्तै हुने र स्ववियू भएको औचित्य समेत नहुने भएकाले नियमावली संशोधनको माग अघि सारेका छन ।

यस्तै बिबिएस तेस्रो र चौथो सेमेष्टरको आउँदो २४चैत्रदेखि हुने परीक्षालाई समेत मध्य नजर गर्दै अघि बढ्नुपर्ने बताए । ‘उहाँ क्याम्पस प्रमुख र निर्वाचन समितिले हाम्रो संगठनले अघि सारेका विषय सुनेर माथिल्लो निकायमा पु¥याउने आश्वासन दिएका छन, ‘उनले भने, ‘फर्जी काम बन्द नभए अनेरास्ववियूले शसक्त रुपमा प्रतिवाद गर्छ ।’

Himal dental
सम्बन्धित
Loading...