ghar sansar

उदय सरस्वती क्याम्पसमा पनि गठबन्धन पराजित, सभापतिमा अनेरास्ववियुका विष्ट विजयी

little buddha academy
khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिका–२ बंकस्थित उदय सरस्वती बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा (एमाले) निकट अनेरास्ववियुकी लक्ष्मी विष्ट निर्वाचित भएकी छन् ।

कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र माओवादी केन्द्रको अखिल (क्रान्तिकारी) को संयुक्त गठबन्धन (क्रान्तिकारी) की उम्मेदवार मनिषा थापालाई पराजित गर्दै विष्ट विजयी भएकी हुन्। विष्टले २८ मत प्राप्त गरिन। उनकी निकटतम् प्रतिस्पर्धी थापाले २४ मत पाएकी थिइन् ।

,orning glory badhai
dirghayi clinic

सचिवमा नेविसंघका धर्मराज भट्ट ३१ मत ल्याउदै निर्वाचित भए । उनका प्रतिस्पर्धी अनेरास्ववियुका रोशन कार्कीले २१ मत ल्याए। कोषाध्यक्षमा नेवि संघकै दिपिका कुमारी सिंह निर्वाचित भएकी छन् ।

उनले ३० मत पाउँदा प्रतिस्पर्धी अनेरास्ववियुकी सरस्वती कलौनीले २१ मत पाएकी छन्। यस्तै प्रत्यक्ष सदस्यमा नेवि संघका उर्मिला जोशी (२९) , अखिल क्रान्तिकारीका दिपिका चौधरी (२८) र पवन भट्ट (२८) मत ल्याउँदै निर्वाचित भएका छन् ।

सामानुपातिकतर्फ अनेरास्ववियुले २२, नेवि संघले १८ र अखिल क्रान्तिकारीले ११ मत पाएको छ । यहाँ एमाले निकट अनेरास्ववियु र नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियूको गठबन्धन थियो भने अर्कातिर नेवि संघ र अखिल क्रान्तिकारीले तालमेल गरेका थिए। यहाँ ५४ जना मतदाता रहेका थिए ।

Himal dental
सम्बन्धित
Loading...