ghar sansar

एमालेको मिसन ग्रास रुट : भीम रावललाई समेत दिइएको छैन जिम्मेवारी, केन्द्रीय नेताले दलबल सहित गएर दिँदै छन् प्रशिक्षण

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा (एमाले) का उपाध्यक्ष बिष्णु पौडेल र पूर्वउपाध्यक्ष भीम रावल दुबै जना अहिले सुदूरपश्चिममा छन् । उपाध्यक्ष पौडेल पार्टीको मिसन ग्रासरूट अभियान अन्तर्गतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम गएका हुन् भने पूर्वउपाध्यक्ष रावल गृहजिल्ला अछाम पुगेर कञ्चनपुरमा भेटघाट गरी मंगलबार कैलालीको धनगढी पुगेका छन् ।

देशव्यापी रूपमा चलिरहेको एमालेको मिसन ग्रासरूट अभियानमा यी दुई नेताले भने एक–अर्काको आलोचना गरिरहेका छन् । १० औं महाधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध अध्यक्षमा उम्मेदवारी दिएका रावल अहिले पार्टीको कुनै औपचारिक जिम्मेवारीमा छैनन्। औपचारिक जिम्मेवारीमा नभएकाले उनलाई मिसन ग्रासरूट अभियानमा पनि जिम्मेवारी दिइएको छैन ।

,orning glory badhai

मंसिर ४ को चुनावमा पार्टीबाट अछाममा टिकट पनि नपाएका रावल गत महिना गृहजिल्ला पुगेका थिए। उनले जिल्लाका विभिन्न ठाउँमा कार्यक्रम पनि गरेका थिए । आफूलाई कार्यक्रममा बोलाउने जिल्ला कमिटीका पदाधिकारीमाथि स्पष्टिकरण सोधिएको भन्दै रावलले आक्रोश पोखेका छन् ।

dirghayi clinic

सोमबार साँफेबगरमा भएको मिसन ग्रासरूटअन्तर्गतको कार्यक्रममा त रावल पक्षधर नेता÷कार्यकर्ताले नाराबाजी नै गरेका छन्। उक्त कार्यक्रममा उपाध्यक्ष पौडेलसहित केन्द्रीय नेताहरू सहभागी भएका थिए। सोमबार नै पत्रकार सम्मेलन गरेर उपाध्यक्ष पौडेलले रावलको आलोचना गरेका थिए ।

जवाफमा मंगलबार रावलले धनगढीमा पत्रकार सम्मेलन गरे । पार्टीको उपाध्यक्ष आफ्नो गृहनगरमा आउँदासमेत आफूलाई जानकारी नदिएको भन्दै उनले गुनासो गरे ।

‘चैत १३ गते साँफेबगर नगरपालिकामा मिसन ग्रासरूटअन्तर्गत कार्यक्रम गरिएको रहेछ। पार्टीका उपाध्यक्षले मेरो जिल्ला, नगर र घरमा म आउँदैछु भन्नुभएन,’ रावलले भने,‘उक्त कार्यक्रममा बोल्ने एक जनाले फागुन १९ मलाई बोलाउने साथीहरूमाथि प्रहार गरेर अभिव्यक्ति दिइएपछि ८० प्रतिशत बढीले आपत्ति जनाउनुभयो।’

रावलले पार्टीभित्रको अन्तरविरोधबारे कुरा नगर्ने सर्तमा कार्यक्रम गर्ने भनिएको भए पनि त्यसमा आफूमाथि आक्रमण गरेको बताए। ‘मिसन ग्रासरूट कार्यक्रम पार्टीलाई बलियो बनाउन हो कि विधि, सुशासन र देशको पक्षमा आवाज उठाएका व्यक्तिलाई किनारा लगाउन गरिएको मलाई अलमल भयो,’ रावलले भने।

Himal dental
सम्बन्धित
Loading...