
एमालेको मिसन ग्रास रुटको समीक्षा तथा प्रशिक्षण : रिपोर्टिङ्ग गर्दै नेताहरु, रिपोर्टिङ्ग सकिएपछि पौडेल लगायतले प्रशिक्षण दिने


महेन्द्रनगर । उद्योग बाणिज्य संघको सभा कक्षमा जारी एमालेको जिल्ला स्तरीय समीक्षा तथा प्रशिक्षण कार्यक्रममा नेताहरुले मिसन ग्रास रुटको रिपोर्टिङ्ग गरेका छन् ।
एमाले उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रम गरिएको छ । विहान ११ बजेका लागि तोकिएको कार्यक्रम उपाध्यक्ष पौडेल आउन ढिलो भएपछि केही समय अघिबाट सुरु भएको छ ।

कार्यक्रममा विभिन्न पालिकाका इन्चार्ज र अध्यक्षले मिसन ग्रास रुटको रिपोर्टिङ्ग गरि रहेका छन् । कृष्णपुरबाट रिपोर्टिङ्ग सुरु गरिएको सहभागीहरुले बताए । एमालेको कृष्णपुर नगर कमिटी अध्यक्ष गणेश सिह ऐरीले रिपोर्टिङ्ग गरेका छन् । अहिलेसम्म बेलडाँडी गाउँपालिका, पुनर्वास नगरपालिका, भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको रिपोर्टिङ्ग सकिएको छ ।

सबै पालिकाको रिपोर्टिङ्ग केन्द्रीय उपाध्यक्ष पौडेल लगायत नेताले प्रशिक्षण दिने कार्यक्रम छ । कार्यक्रममा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, सुदूरपश्चिम सह इन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायतका नेता सहभागी भएका छन् ।
कार्यक्रमा एमालेका प्रतिनिधि सभा सदस्य साँसद तारालामा तामाङ्ग, प्रदेश सभा सदस्य हिरा सिह सार्की लगायतका सहभागी भएका छन् ।
कार्यक्रममा एमालेको जिल्ला कमिटी सदस्य, जनवर्गिय संगठनका अध्यक्ष, पालिका कमिटीका इन्चार्ज र अध्यक्ष लगायतका सहभागी भएका छन् ।
मिसन ग्रास रुटका लागि उनी केही दिनदेखि सुदूरपश्चिममा छन् । अछामको साँफेबगरमा नेता भीम रावल विरुद्ध अभिव्यक्ति दिएपछि नेता कार्यकर्ताले उनी विरुद्ध नाराबाजी गरेका थिए ।
