ghar sansar

भीमदत्तको शिर निहुरिने काम गर्दैनौ

little buddha academy
khasi

निलम लेखक जोशी
उप मेयर
भीमदत्त नगरपालिका

जेठ ९ गते नगरपालिकामा मेयर उप मेयरको पदस्थापना गरे पश्चात् गरेका कार्यहरु चाहिँ पहिलो चरणमा चुनावमा हामीले जुन वचनवद्धता गरेका थियौ, ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य उपचारका लागि घरदैलोमै सेवा पुगाउने भनेका थियौ, त्यस अनुसार प्रत्येक वार्डमा, दुई तीन वार्डमा बाँकी छ, ती वार्डमा अध्यक्षज्यूलाई भनेका छौ, संघ र प्रदेशको चुनाव आएपछि हामी रोकियौ । अनि म आफंै नि बोलेकी थिए । यो कुरा चाहिँ मेयर सापल बोल्नु भाको थियो । मैले चाहिँ १९ ओटै वडामा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने भनेकी थिए, साउनदेखि सबै वडामा सेवा सञ्चालन गरिएको छ । असारमा बजेट विनियोजन गरी सेवा सुरु गरिएको थियो । त्यसपछि हामीले अहिले लागू औषध दुव्र्यसन नियन्त्रणका लागि पनि काम गरेका छौ । अहिले हाम्रा धेरै बच्चा लागु औषध कुलतमा फसेका छन्, ती बच्चालाई त्यतातिर नजाउन भनेर खेलकूद, मनोरञ्जन क्षेत्रमा संलग्न गराउने गरी कार्यक्रम गरि रहेका छौ । खेल माध्यमबाट यसलाई नियन्त्रण गर्न सकिन्छ भनेर केही बजेट छुट्याइएको थियो । अनि १९ ओटै वडामा लागू औषध विरुद्ध जनचेतना मुलक कार्यक्रम राखियो । त्यसमा नागरिक समाज, राजनीतिक दल, टोल विकास समिति, वडा अध्यक्षज्यूहरु, सदस्यज्यू लगायत सरोकारवाला लगायत सबै बोलाएर एक चरणको जनचेतना मुलक कार्यक्रम ग¥यौ । यो कार्यक्रमबाट लागू औषध विरुद्ध सचेत भएर वासिन्दा यसको रोकथाम नियन्त्रणमा लाग्ने आश गरेका छौ ।

,orning glory badhai

अर्को कुरा पिछडिएको वर्ग दलित, गरीब र अल्पसंख्यक वर्गका विद्यार्थीलाई छात्रबृत्तिका लागि पनि बजेट विनियोजन गरिएको थियो । त्यसमा पनि जेहेन्दार बच्चा, कमजोर अवस्थाका छन्, पढाउन नसकिने अवस्था छ, ती बच्चालाई टार्गेट गरी छात्रबृत्ति दिने कुरा अघि सारेका छौ । हामी नगरपालिका आएपछि भाषण भुषण भन्दा पनि केही नौलो गर्न खोजेका छौ । नारी दिवसबाट यसको सुरुवात गरिएको छ । पाठेघरको मुखको क्यान्सर भएका महिलाका लागि ९ नम्बर वडामा स्वास्थ्य शिविर सञ्चालन ग¥यौ । नारी दिवसमा पनि राजनीतिक दल, नागरिक समाज, पत्रकार सबैसित दिवस मनाउने विषयमा छलफल ग¥यौ ।

dirghayi clinic

अरु काम नगरपालिकाले विकास निर्माण र त्यसको अनुगमन कार्यलाई पनि प्राथमिकता दिएर अघि बढेको छ । यस अघि अनुगमन अन्तिम आवरमा हुन्थ्यो, अहिले वडा कार्यालयमा पटक पटक प्राविधिक पठाएका छौ, प्राविधिकहरुलाई निर्माण सुरु हुने बित्तिक्कै खबर गर्नु होस भनेका छौ । उप मेयर आफैंले जान नसके पनि समितिका सदस्यलाई पठाउने गरेका छौ । हामी क्वालिटी होस भन्ने चाहन्छौ । जे सुकै बनोस घर बनोस, सडक बनोस त्यो क्वालिटीयुक्त होस भन्ने हो । अनुगमनमा अलिकति भए पनि विगत भन्दा केही चेन्ज गरेका छौ । अर्को कुरा हामीले गरेको अपाङ्गता समितिको बैठक पनि बस्छ, अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयरको व्यवस्था पनि गरिएको छ । अबको दिनमा ह्विलचेयर मात्रै होइन, इयर कुशन भन्ने हुन्छ, एक जनालाई दिँदा त्यो ८०÷७५ हजार पर्छ, यो अहिलेसम्म भएको थिइन, हामी दुई जनालाई दिन्छौ, त्यो बाहिरबाट ल्याउनु पर्छ, यहाँ पाइदैन, त्यसको पनि व्यवस्था गरेका छौ । अर्को न्यायिक समितिमा कामकाज पनि अघि बढाएका छौ । न्यायिक समितिको इजलाश थियो, हामी जनप्रतिनिधि भएका कारण पोख्त हुँदैनौ, हामी वकिल होइनौ । अहिले अनौपचारिक रुपमा पनि मुद्दा हेरि रहेका छौ । किनकी धेरै ठाउँमा हामीलाई दर्ता नगरी दिन भन्छन्, दर्ता गरे भने मलाई मेरो घरमा अपनाउँदैनन् । यो महिलाहरुले भनेका हुन्छन् । त्यो घरको श्रीमान, सासु, ससुरा पनि अब तँलै मुद्दा हालिस अब तलाई अपनाउँदैनौ भन्ने कुरा पनि आउँछ भने त्यसलाई मध्यनजर गरी हामीले अहिले दर्ता नगरी वहाँहरुको मनोभावनालाई कदर गरी अभिलेख नराखेर पनि केस हेण्डल गरेको अवस्था छ । केस गर्ने बेला पनि के छ भने विगतका दिनमा इजलाशमा बसेर हुन्थ्यो, चेयरमा बसेर हुन्थ्यो, अहिले हामीले वहाँको काखैमा बसेर, दाजुभाईको मुद्दामा पनि तपाईहरु झगडा नगर्नु होस, तपाईको घरमा चिया खान आउँछौ, भात खान आउँछौ, हामी तपाईको घरको परिवारको सदस्य हो भनेर पनि वहाँहरुसंगै बसेर पनि केस मिलाएको अवस्था छ । पहिला भन्दा अहिले केही चेन्ज गरेका छौ । चुनाव जित्दा नै भारतीय नागरिकको केस आएको थियो, त्यो केस पनि हेण्डल गरियो । न्यायाधीश अनुगमनमा आउँदा भारतीयको केस पनि अभिलेखमा राख्दा हुन्छ भन्नु भयो । अबको दिनमा हामी ती केस पनि अभिलेखमा राख्ने छौ । अहिलेसम्म लगभग १५ मुद्दा आएका छन् ।

त्यस बाहेक कार्यालय व्यवस्थापन, सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन हाकिमलाई निर्देशन दिइएको छ । कर्मचारीलाई अनुशासित बनाउन खोजेका छौ । पोशाकमा आउने भनेका छौ । हाजिरी लगाउने भनेका छौ । हामी नयाँ जनप्रतिनधि भएका कारण धेरै कुरा सिक्दैछौ । अबको दिनमा गरीब, दलित, जनजातिका लागि बजेट छुट्याउँछौ । त्यसबाट ती कार्यक्रम अघि बढाउँछौ । अहिले सीप विकास तालिम केन्द्रसित समन्वय गरी केही नयाँ काम पनि गरेका छौ । चुनाव जित्ने बित्तिक्कै धन्यवाद दिन टोल टोलमा जाँदा सिदाई कटाई, कुसन लगायतका तालिमका लागि भन्नु भएको थियो । त्यस अनुसार सीप विकाससित सहकार्य गरी अघि बढ्यौ । अहिले वादीस समुदायका लागि ब्युटिसिएनको तालिम आएको छ, त्यसका लागि खोजी गर्दा वादी समुदाय ९ नम्बर, ४ नम्बर र १८ नम्बरमा देखिएका छन्, वहाँहरु सबैलाई एकै ठाउँमा राखेर तालिम सञ्चालन गर्र्ने सम्बन्धि पनि कुराकानी गरिएको छ । त्यसका लागि टाढाबाट आउँदा वहाँहरुलाई यातायात खर्च दिने कुरा भएको छ । यसमा नगरपालिका र सीप विकास दुबैले ५०÷५० प्रतिशत गर्छौ भनेका छौ । तालिमका लागि १५ नम्बरको अध्यक्ष भुवनराज भट्टज्यूले हल उपलब्ध गराउने कुरा भाको छ । वहाँहरुको सीपमा कसरी पहुँच बढाउने भनेर तालिम सञ्चालन गर्न गई रहेका छौ । अर्को के गरेका छौ भने अबको नयाँ बजेटमा सीप विकासित प्रशिक्षकका लागि सम्झौता गरी तालिम चलाउने भन्ने कुरा छ ।

नगरपालिकाका सबै वडामा तालिम चलाउने भन्ने कुरा छ । त्यसका लागि वडामा जाने, त्यहाँ सोध्ने , त्यहाँ डकर्मी, सिकर्मी, प्लम्बिङ्ग, डल कुसन, पोते चुरा या अरु के को छ त के को आवश्यकता छ , लक्षित वर्गलाई लक्षित गर्दै वहाँहरुको माग अनुसार टिपोट गर्ने, त्यसका लागि बजेट चाहिन्छ, त्यसैले अबको कार्यक्रममा थोरै भए पनि अभिमुखीकरण कार्यक्रमका लागि बजेट छुट्याउँछौ । त्यससंगै सीप विकास तालिम केन्द्रलाई ती तालिम सञ्चालनका लागि अनुरोध गर्छौ । त्यसका लागि भीमदत्त नगरपालिका सहकार्य र समन्वय गर्दैछौ ।

काम गर्दा केही अप्ठेरा पनि छन् । अहिलको अवस्था के भई दियो भने बाल विकासको भयो, वडा कार्यालय भवन बनाएको अलि अलि तिर्न बाँकी रह्यो, काम गरेपछि तिर्न प¥यौ । त्यसमा हामीले कसैलाई आक्षेप पनि लगाएका होइनौ । अन्यथा पनि नजाओस । बाल विकासको पूरानो निकासा गर्नु पर्ने थियो, हामी आउने बित्तिक्कै त्यो निकासा गरियो । निर्माण व्यवसायीको पनि तिर्नु पर्ने छ । वहाँहरु पनि ठेक्का तोडि दिनु भन्दै आउनु हुन्छ । तिरोतारो गर्न छ । महाकालीको ठेक्का नलागेको अवस्था छ । ठेक्का लगाउँदा पनि गएन । अहिले अमानतमा उठाएका छौ । हेर्नु हो समस्या के छ भने कममा किन दियौ भनेर अख्तियारले समात्छ, बढीमा दियौ भने बढीमा किन दियौ भनेर अख्तियारले समात्छ । अब ठेक्कामा टेण्डर पर्र्दैन त हामीले के गर्ने , गाह्रो छ नि अवस्था त । अहिले के भा छ भने भीमदत्त र दोधारा चाँदनी नगरपालिकासित छलफल गरी दुबैले मिलेर ठेक्का लगाउने भनेर प्रक्रियामा जाँदैर्छौ । दुबैको कार्यपालिकाले त्यो निर्णय गरेका छन् । त्यसले अब हामीलाई सहज होला । वसपार्क पनि तीन चार पटक टेण्डर लगाएका हौ । अस्ति टोल बल्भ लगाएको भनेर अख्तियारमा उजुरी प¥यो । जेमा पनि मुद्दा परि हाल्छ । मुद्दा परेका नै छन् । कोले हाल्छन् थाह हुँदैन । म त यसलाई स्वभाविक रुपमा लिन्छु्, मुद्दा पर्न पोजिटिभ नै हो, गलत गर्न हुँदैन । मुद्दा परेर केही फरक पर्दैन । किनकी त्यसको प्रत्युत्तर दिन भीमदत्त नगरपालिका तयार छ । गलत गरेको छैन । हाम्रा कर्मचारी जानु हुन्छ, प्रत्युत्तर दिएर आउनु हुन्छ । नजिक छ अख्तियार, आइ हाल्छ, यो पनि पोजिटिभ छ । यसमा नेगेटिभ लिदैनौ हामी । किनभने नजिक छ, गलत गरेको छैन पालिकाले ।

समस्या के छ भने अनुगमनमा भन्दा भन्दै पनि समस्या हुन्छ । पूरानो विकास निर्माणको अनुगमन गरि दिनु भन्छन्, त्यहाँ काम सकि सकियो । अनुगमन गरि दिनु , त्यसको फोटो खिचेको छु भन्नु हुन्छ । व्यवहारिक मिलाई देउ भन्छन्, व्यवहारिक त मिलाउन सकिदैन नि , हामी त सरकारका मान्छे हौ । पाँच वर्ष गाह्रो हुन्छ त । यदि त्यहाँ व्यवहारिक मिलाई दियौ भने भोलि मुद्दा पर्छ । मुद्दा परेपछि टाउको निहुरिन्छ । टाउको निहुरिने काम भीमदत्तले गर्दैन । हामी जनप्रतिनिधि हो । जनताबाट अनुमोदित भएर आएका हौ । जनता जनार्दन भनेर आएका हौ त । त्यस कारण अलि त्यहाँ गाह्रो हुन्छ । अर्काे कुरा हामीलाई अपाङ्गता समितिको बैठकमा हुन्छ । त्यसमा अलि गाह्रो हुन्छ । उप मेयरको त अपजश लिने नै भाग्य रहेछ । हामीलाई सबै नागरिक समाज, पत्रकार, सघ संस्था सबैले सहयोग गरेको छ। त्यसमा म खुसी छु ।

Himal dental
सम्बन्धित
Loading...