ghar sansar

बेदकोटको बैजनाथ मावि जडेपानीका शिक्षक कर्मचारीका लागि एक हप्ते तालिम सञ्चालन

khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका २ जडेपानीस्थित बैजनाथ माध्यमिक विद्यालयमा शिक्षक कर्मचारीहरुका लागि सूचना प्रविधि तथा पाठ्यक्रम प्रबोधिकरण तालिम सञ्चालन भएको छ ।

बेदकोट नगरपालिका २ का वडा अध्यक्ष नरेश बहादुर सिहको प्रमुख आतिथ्यमा कार्यक्रम गरी तालिम उद्घाटन गरिएको छ । सात दिनसम्म चल्ने तालिमममा विद्यालयका ३३ शिक्षक कर्मचारी सहभागी भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृपाराम रानाको अध्यक्षतामा गरिएको कार्यक्रममा बेदकोट नगरपालिका शिक्षा शाखा प्रमुख मन्जु थापा लगायतले मन्तव्य राखे ।

तालिममा सात जना सहजकर्ता छन् । शिक्षक कर्मचारीलाई नयाँ पाठ्यक्रम सम्बन्धि जानकारी गराउने, त्यसलाई कसरी सूचना प्रविधिसित जोडेर सिकाई उपलब्धि हासिल गर्ने लक्ष्य राखेर तालिम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक थिरेन्द्रचन्द्र भट्टले बताए ।

dirghayi clinic

‘कक्षा १ देखि १० सम्म नयाँ पाठ्यक्रम लागू भएको छ, त्यसबारे शिक्षक कर्मचारीलाई जानकारी गराउने, मूल्याङ्कन गर्ने र त्यसलाई सूचना प्रविधिसित कसरी जोडेर सिकाई उपलब्धि हासिल गर्ने भन्ने उद्देश्य तालिमको हो’ उनले भने ।
कार्यक्रममा उनले तालिमको औचित्यमाथि प्रकाश पारी सहभागी सबैलाई स्वागत गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रानाले तालिमबाट विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । ‘प्राविधिक शिक्षा, सूचना प्रविधिमैत्री शिक्षा आजको आवश्यकता हो, विद्यालय सूचना प्रविधिमैत्री भएर अघि बढ्दैछ, यो तालिमबाट पनि सूचना प्रविधिमैत्री बनाउन सहयोग पुग्छ’ उनले भने, ‘यसबाट सबै शिक्षक आइटीसित जोडिन्छन्, यसले झन राम्रो हुन्छ ।’

विद्यालयमा सबै शिक्षकलाई कम्युटर दिइएको छ । स्मार्ट बोर्ड जडान गरिएको छ । यस वर्ष पनि स्मार्ट बोर्ड थपका लागि पहल गरिएको अध्यक्ष रानाले बताए । शैक्षिक सत्र २०८० लाई उन्नत बनाउने लक्ष्य बोकेर अघि बढेको अध्यक्ष रानाको भनाई छ ।

सरकारले २०७५ मा बैजनाथ माध्यमिक विद्यालयलाई नमूना घोषणा गरेको थियो । सरकारी घोषणा अनुसार नमूना बनाउन अहिले विद्यालयमा गुरु योजना बनाएर विभिन्न कार्यक्रम थालनी भएका छन् । नमूना घोषणा भएपछि गुरु योजना स्वीकृत गरिएको थियो ।

बेदकोटमा २२ सामुदायिक विद्यालय छन् । त्यसमा १ देखि कक्षा १२ सम्म पढाई हुने ५ विद्यालय छन् । कक्षा १ देखि १० सम्म पठनपाठन हुने १२ विद्यालय छन् । ती सबै विद्यालयमा ९ हजार बढी विद्यार्थी छन् ।

Himal dental
सम्बन्धित
Loading...