ghar sansar

दोधारा प्राथमिक स्वास्थ्य केन्द्र अब नगर अस्पताल

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पताल बनाउने निर्णय भएको छ । दोधारा चाँदनी नगरपालिका नगर कार्यपालिकाको बुधबार बसेको बैठकले नगर अस्पताल बनाउने निर्णय गरेको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र दोधारा ब्यवस्थापन समितिका अध्यक्ष तथा नगर प्रवक्ता ओंम बस्नेतले नगर अस्पतालका मापदण्ड पूरा गरी नगर अस्पताल बनाउने निर्णय गरिएको बताए ।

,orning glory badhai

‘नगर अस्पतालको सबै मापदण्ड पुरा गरेर प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा रुपान्तरण गरेका छौं’ उनले भने, ‘त्यस अनुसार अब सेवा सुविधा प्रवाह गर्छौ ।’

dirghayi clinic

स्वास्थ्य केन्द्रमा अहिले एक्सरे, भिडियो एक्सरे, इसिजी सेवा, डिजिटल ल्याब, अन्तरंग सेवा, २४ घन्टे प्रसूति तथा अन्य सेवा सञ्चालनमा छन् ।

केन्द्रमा शल्यक्रिया र भेन्टिलेटर सञ्चालन तयारी अन्तिम चरणमा पुगेको छ ।

अहिले केन्द्रमा एमडिजीपी गरि प्राथमिक स्वास्थ्य केन्द्रमा ४ जना डाक्टर छ । तत्कालीन सरकाले देशभर अस्पताल बनाउने घोषणा अनुसार दोधारा चाँदनीमा पनि भर्चुअल शिलान्यास गरिएको थियो । त्यस अनुसार १५ शैय्याको नगर अस्पताल बनाउने निर्णय गरिएको छ ।

नगर अस्पतालका लागि सुविधा सम्पन्न आधुनिक भवन निर्माण भई रहेको छ ।

Himal dental
सम्बन्धित
Loading...