ghar sansar

पुनर्वासमा छोराले गरे बुवाको हत्या, हत्यापछि घर छाडेर रहेका छोरा पक्राउ

little buddha academy
khasi

महेन्द्रनगर । प्रहरीले पुनर्वास नगरपालिका ४ मा बुवाको हत्या आरोप लागेका छोरालाई पक्राउ गरेको छ । पुनर्वास नगरपालिका–४ कार्की चोकका ७१ वर्षिय धन बहादुर खड्काको हत्या गरेको आरोपमा प्रहरीले उनका ३० वर्षीय छोरा गणेशलाई मंगलबार बिहान ७ः३० बजे पक्राउ गरेको हो ।

dirghayi clinic

बिहान घरबाट भागिरहेको अवस्थामा स्थानीयले देखेपछि घेराउ गरेका थिए। स्थानीयको सहयोगमा आरोपित छोरालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।

,orning glory badhai

‘सोमबार राति मुक्का प्रहार र बासको भाटाले हिर्काएर गणेशले आफ्नै बुवाको हत्या गरेको खुलेको छ,’ प्रहरी निरीक्षक मल्लले भने, ‘उनले उक्त कुरा स्वीकारेका छन्।’ घटनास्थलबाट प्रहरीले रगतले लत्पतिएको बासको भाटा बरामद गरेको छ।

प्रहरीका अनुसार छोरा गणेश अत्याधिक मात्रामा गाजा र मदिरा सेवन गर्थे। बुवा र छोराका बीचमा झैझगडा भइ रहन्थ्यो । हिजो राति पनि चर्को स्वरमा वादविवाद भइरहेको आवाज छिमेकीको घरसम्मै सुनिएको थियो। दुई जना छिमेकी झगडा छुट्टयाउन खड्काको घरसम्म पुगेका थिए।

Himal dental
सम्बन्धित
Loading...