ghar sansar

दोधारा चाँदनीमा रमेश लेखक सहभागी कार्यक्रमलाई काँग्रेसीकरण गरिएको भन्दै असन्तुष्टि, मेयरलाई समेत सहभागी गराएनन्

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १० स्थित नगर स्वास्थ केन्द्र उद्घाटन कार्यक्रममा मेयर किशोर कुमार लिम्बु अनुपस्थित भएका छन् । काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक प्रमुख अतिथि भएको कार्यक्रममा मेयर लिम्बु बाहेक काँग्रेसका सबै जनप्रतिनिधि भने सहभागी भएका छन् ।

dirghayi clinic

दोधारा चाँदनी नगरपालिकाका उप मेयर गंगा जोशी वडा नं. १० की हुन् । उनी आफैं सहभागी भए पनि मेयर कार्यक्रम सहभागी भएका छैनन् । नगरपालिका मातहतको नगर स्वास्थ्य केन्द्र उद्घाटनमा मेयर सहभागी भएपछि कार्यक्रमलाई काँग्रेसीकरण गरिएको भन्दै स्थानीय स्तरमा असन्तुष्टि व्यक्त हुन थालेको छ ।

,orning glory badhai

कार्यक्रममा लेखक सहित सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना, जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, उप मेयर जोशी, वडा अध्यक्ष चन्द्र बहादुर सिह लगयतका सहभागी भएका छन् । उनीहरु सबै काँग्रेसका जनप्रतिनिधि हुन् ।

स्थानीय तह निर्वाचनमा दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० मात्रै काँग्रेसले जितेको थियो ।
उप मेयर जोशीको सचिवालयले कार्यक्रममा सहभागी अतिथि सहित नगर स्वास्थ्य केन्द्र बनाउने निर्माण व्यवसायी सहित सबैलाई धन्यवाद दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...