ghar sansar

भीमदत्तमा प्रधानमन्त्री रोजागर कार्यक्रममा पनि साझेदारी, उप मेयर जोशी भन्छिन्– परिणाममुखी र प्रभावकारी काम गर्न साझेदारी

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत साझेदारीमा पनि योजना छनौट गरी काम अघि बढाएको छ । भीमदत्त नगरपालिकाले नगर, वडाका योजना प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका योजनासंग साझेदारी गरी काम गरेको भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशीले बताइन् ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका सामान्य योजनाका काम गर्दा काम परिणाममुखी र त्यती प्रभावकारी हुदैन ।’ उनले भनिन् ‘त्यसैले भीमदत्त नगरपालिकाले नगर र वडाका योजनासंग साझेदारीमा प्रधानमन्त्री रोजगार अन्तर्गतका योजनाका काम गरिरहेको हो ।’

,orning glory badhai

उनले अगाडी भनिन् ‘यसले गर्दा बेरोजगारले रोजगारपनि पाउनुभयो र कामपनि अलि ठुलो परिणाम आउने गरी प्रभावकारी भयो ।’ भीमदत्त नगरपालिकाका रोजगार संयोजक मिन बहादुर महराका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका योजना नगर र वडाका योजनासंग साझेदार गरेर काम भइरहेको छ ।

dirghayi clinic

‘भीमदत्त नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका योजना नगर र वडाका योजनासंग साझेदार गरी काम गर्दा कामको ठुलो परिणाम आउने भएको छ ।’

उनले भने ‘श्रमिकहरुको पारिश्रमिक प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट दिने र निर्माण सामाग्री वडा तथा नगरको बजेटबाट दिने गरी केही ठुला काम भएका छन् ।’

साझेदारीमा भीमदत्त नगरपालिका वडा नम्बर ३ स्थित नौलाखेत र शान्ती टोल जोड्ने नाला तथा जाली भरान, जगन्नाथ टोलस्थित खोलामा तटबन्ध,वडा नम्बर ६ पूर्णागिरी टोलस्थित खोलामा तटबन्ध निर्माण, वडा नम्बर १० का तीन वटा खोलामा तटबन्ध, वडा नम्बर १९ स्थित सिद्धनाथ आधारभुत विद्यालय मर्मत, विष्णुमन्दिरको पर्खाल निर्माण तथा रङरोगन लगाएतका अलि ठुला काम सम्पन्न हुने चरणमा छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत भीमदत्त नगरपालिकामा सञ्चालित १५ योजनामध्य ९० प्रतिशत योजनाको काम सम्पन्न भएको भीमदत्त नगरपालिकाका प्राविधिक सहायक कमलराम विकले बताए । उनकाअनुसार यो आर्थिक वर्ष कुल योजनामध्य ६० प्रतिशत योजना नगरपालिकाका योजनासंग साझेदारी गरेर गरिएको छ र विगतभन्दा योजना संञ्चालन भएको प्राविधिक विकले बताए ।

विहिवार नगर उपप्रमुख तथा योजना अनुगमन समितिका संयोजक जोशी नेतृत्वको टोलीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित काम तथा नगरपालिकासंगको साझेदारीमा संञ्चालित कामको स्थलगत अनुगम समेत गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...