ghar sansar

घरदैलो अभियानले गड्डाचौकीको सिद्धनाथ अमर माविमा बढे विद्यार्थी, बाल विकास र कक्षा ६ मा अंग्रेजी माध्यममा पठनपाठन

little buddha academy
khasi

महेन्द्रनगर । गड्डाचौकीस्थित सिद्धनाथ अमर माध्यमिक विद्यालयमा घर दैलो अभियानले नयाँ शैक्षिक सत्रमा विद्यार्थी बढेका छन् । नयाँ शैक्षिक सत्र सुरु भएपछि विद्यालय व्यवस्थापन समिति, शिक्षक र कर्मचारीले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेका हुन् । घरदैलो अभियानले १ देखि ९ सम्म सबै कक्षमा विद्यार्थी बढेका छन् ।

नयाँ शैक्षिक सत्रमा कक्षा १ देखि कक्षा ९ सम्म सबैमा विद्यार्थी संख्या बढेको प्रधानाध्यापक चुडामणी जोशीले बताए । उनका अनुसार कक्षा १ मा सबैभन्दा बढी नयाँ विद्यार्थी भर्ना भएका छन् ।

,orning glory badhai

‘गत विगतको भन्दा यस वर्ष सबै कक्षामा विद्यार्थी बढेका छन्, कक्षा १ मा त सबैभन्दा बढी बढेका छन,’ प्रधानाध्यापक जोशीले भने,‘विद्यालय व्यवस्थापन समिति, शिक्षक कर्मचारी सबैको सक्रियता घरदैलो अभियान सञ्चालन गर्दा विद्यार्थी बढेका हुन् ।’

कक्षा १ मा हालसम्म २३ विद्यार्थी भर्ना भएका छन् । अझै भर्ना हुन विद्यार्थी आउने क्रम जारी छ । गत वर्ष कक्षा १ मा १५ जना मात्रै विद्यार्थी थिए ।

यस शैक्षिक सत्रमा विद्यार्थी संख्या गत वर्ष भन्दा बढ्ने विद्यालयले अपेक्षा गरेको छ । गत वर्ष ३ सय ९४ विद्यार्थी विद्यालयमा भर्ना भएका थिए ।

विद्यालयले यस शैक्षिक सत्रदेखि बाल विकास र कक्षा ६ मा अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेको छ । बाल विकासमा पनि विद्यार्थी भर्ना बढेको प्रधानाध्यापक जोशीले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक पाण्डेयले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि व्यवस्थापन समिति सक्रिय र इमान्दारी पूर्वक लाग्ने बताए ।

dirghayi clinic

प्रधानाध्यापक जोशीले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समितिबाट पूर्ण रुपमा सहयोग पाएको बताए ।

प्रधानाध्यापक जोशी विद्यालयका पूर्व विद्यार्थी हुन् । २०४६ मा सिद्धनाथ अमर माध्यमिक विद्यालयबाट एसएसली उत्तीर्ण गरेका उनी दुई वर्षदेखि प्रधानाध्यापक छन् ।

नयाँ शैक्षिक सत्रमा विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो सहित सामुदायिक विद्यालयमा अध्ययनका लागि जनचेतना फैलाउने, कमजोर अवस्थाका बालबालिकालाई निःशुल्क शिक्षा सम्बन्धि जानकारी दिने लगायतका कार्यक्रम गरिएको बताए ।

विद्यालयमा प्राविमा ४, निमावि ४ र माविमा ३ राहत सहित ७ दरबन्दी छन् । बाल बिकासका दुई दरबन्दी छन् । कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायमा पठनपाठन हुन्छ ।

प्रधानाध्यापक जोशीले अभिभावकका चाहना अनुसार यस वर्षदेखि बाल विकास र कक्षा ६ मा अंग्रेजी माध्यममा सञ्चालन गरिएको बताए । आगमी वर्षदेखि अन्य कक्षामा पनि अंग्रेजी माध्यममा पठनपाठन गराइने योजना बनाइएको प्रधानाध्यापक जोशीको भनाई छ ।

‘अहिलेको समय, अभिभावकको माग अनुसार विद्यालय सञ्चालन गर्न आवश्यक छ, शैक्षिक गुणस्तरलाई पनि ध्यान दिनु पर्ने आवश्यकता छ’ उनले भने,‘अभिभावकले पनि अंग्रेजी माध्यमको चाहना राख्नु भयो, त्यस अनुसार यस वर्ष अंग्रेजीमा माध्यममा पठनपाठन सुुुरु गुरिएको छ ।’

भीमदत्त नगरपालिका वडा नं. ११ वडा कार्यालयबाट विद्यालयले सहयोग पाउँदै आएको छ । वडा अध्यक्ष प्रकाश थापा विद्यालय व्यवस्थापन समितिमा पदेन सदस्य छन् ।

वडा अध्यक्ष थापाले निजी विद्यालयले सरकारी स्कुलको शैक्षिक गुणस्तर राम्रो नहुने अपवाह फैलाएका कारण समस्या भएकाले त्यसलाई चिरेर जानु पर्ने बताए ।

‘सामुदायिक विद्यालयमा पनि शैक्षिक गुणस्तर निकै राम्रो रहेको छ, समस्या निजी स्कुलले खडा गरि दिएका छन्,’ उनले भने,‘निजी स्कुलले सामुदायिक स्कुलको शैक्षिक गुणस्तर राम्रो छैन भनेर अपवाह फैलाई रहेका छन्, त्यसलाई चिरेर जानु पर्ने हुन्छ ।’

विद्यालय व्यवस्थापन समितिका सदस्य निरु कामीले विद्यालयलाई राम्रो बनाउन व्यवस्थापन समिति सधैं सक्रिय रुपमा लाग्ने बताइन् । ‘म यो विद्यालयको अभिभावक पनि हो, मेरो छोरा छोरीले यही पढे, यही पढ्दैछन्’ उनले भनिन्,‘विद्यालय राम्रो बनाउन हामी सधैं सक्रिय हुन्छौ ।’

Himal dental
सम्बन्धित
Loading...