ghar sansar

धनगढीमा स्वास्थसंग साहित्य कार्यक्रम आयोजना, १२ स्रष्टाले सुनाए सृजना

little buddha academy
khasi

महेन्द्रनगर । कैलालीको धनगढीमा प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र कञ्चनपुरले स्वास्थसंग साहित्य ” कार्यक्रमको आयोजना गरेको छ । सामाजिक विकास मन्त्रालय अन्तरगतको धनगढीमा नसर्ने रोग तथा लागू औषध सम्बन्धी स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम ” स्वास्थसंग साहित्य ” कार्यक्रमको आयोजना गरिएको छ ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीको प्रमुख आथित्यतामा आयोजना गरिएको कार्यक्रममा सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डे ,सुदूरपश्चिम साहित्य समाजका महासचिव गणेश नेपाली अतिथि रहेका थिए ।कार्यक्रममा नागरिक समाज,समाजसेवी,विद्यार्थी लगायतका सहभागी भएका छन् ।

,orning glory badhai
dirghayi clinic

स्वास्थ्य प्रवद्र्धनलाई नयाँ आयाम र नयाँ तरिकाले लैजान र स्वास्थ्य हेरचाहलाई रुचिकर बनाउन साहित्य सङ्ग जोडेर जनसमुदायलाई सचेत एवं जिम्मेवार गराउन कार्यक्रमको आयोजना गरिएको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरका प्रमुख हेमराज खड्काले बताए । “पछिल्लो समय प्रदेशमा नसर्ने रोग व्यापक रूपमा देखिएका बेला साहित्य सृजना का माध्यम बाट जनचेतना अभिवृद्धि गरी स्वस्थ जीवन शैली यापन गर्ने अभ्यास गराउन कार्यक्रमको आयोजना गरेका हौँ।” उनले भने ।

नसर्ने रोग तथा लागुऔसद नियन्त्रण सम्बन्धी सन्देश झल्किने कविता ,गजल ,गीत, सायरी डेउडाका मार्फत १२ जना स्रष्टाले नेपाली भाषा सँगै डोटेली थारु लगायतका स्थानीय भाषामा आफ्नो प्रस्तुति राखेको थिए । सहभागी १२ मध्ये उत्कृष्ट ३ लाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

साहित्य सङ्ग स्वास्थ्यलाई जोडेर यस्तो कार्यक्रमको आयोजना गरिनु एकदमै सराहनीय र नौलो भएको डा.एन जोशीले बताए । साथै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सहकार्य गर्न आफू सधैँ तत्पर रहेको समेत उनले बताए ।

कार्यक्रम सञ्चालन कानुन अधिकृत दान बहादुर सुनार र प्रदेश युवा परिषद्का कार्यकारी सदस्य शेर सिह विष्टले गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...