ghar sansar

मुक्त कमैया पुर्नस्थापना कार्यविधि कार्यान्वयन गर्ने बेदकोटका मेयर बोहराको प्रतिवद्धता

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले मुक्त कमैया पुर्नस्थापना कार्यविधि २०७९ पारित भएपछि नगरपालिकामा कार्यान्वय गरिने बताएका छन् । मुक्त कमैया समुदायमा बाल बिबाह अन्त्य गरी शिक्षामा बढी ध्यान केन्द्रित गर्नु पर्ने उनको भनाई छ ।

मुक्त कमैया समाज कञ्चनपुरले बुधबार आयोजना गरेको मुक्त कमैया पुर्नस्थापनाका लागि पालिका स्तरिय अन्तर सम्बाद कार्यक्रमको प्रमुख अथिति रहेका उनले सो कुरा बताएका हुन् ।

,orning glory badhai

कार्यक्रमका विशिष्ट अथिति बेदकोट नगरपालिका ५ का वडा अध्यक्ष चित्रदेब भट्टले मुक्त कमैयाहरुले ५ कठ्ठा जग्गा प्राप्त गरेपनि सिचाई र शुद्ध खानेपानीको अभावका कारण जिविकोपार्जनमा समेत निकै समस्या झेल्नु परि रहेको बताए ।

बेदकोट नगरपालिका २ का वडा अध्यक्ष नरेश बहादुर सिंहले मुक्त कमैयाहरुको जिवनस्तर माथि उकास्न रोजगार सिर्जना गर्ने किसिमको आयआर्जन मुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने आबश्यकता रहेको कुरा औल्याए ।

dirghayi clinic

कार्यक्रममा मुक्त कमैया महिला जागरण समाज नेपालकी केन्द्रिय सदस्य रमा चौधरीले मुक्त कमैया संगै बुक्रहीहरुले पनि राज्य बाट सेवा सुविधा पाउनु पर्ने हो तर त्यस्तो केही कुरा नपाएका कारण गुनासो पोखेकी छन् ।

अब पालिकाको निति तथा कार्यक्रममा बुक्रहीहरुलाई पनि समेतनु पर्ने कुरामा उनले जोड दिइन् । कार्यक्रममा मुक्त कमैया समाजका महासचिव घासीराम रानाले बिगतमा मुक्त कमैया बिधेयक सरकारले पारित नगरेको कुरालाई स्मरण गदै अहिलेको मुक्त कमैया पुर्नस्थापना कार्यविधि २०७९ लाई पनि अर्थ मन्त्रालयबाट सरकारले फिर्ता गरेको कुरा दुःखद भएको बताए ।

मुक्त कमैयाहरुको आन्दोलन शुरु भैसकेको हुनाले मुक्त कमैया पुर्नस्थापना कार्यविधि २०७९ पारित गराएर नै छाडने उनको भनाई छ । मुक्त कमैया समाज कञ्चनपुरका अध्यक्ष रामप्रसाद रानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मुक्त कमैया समाज सुदुरपश्चिमकी कोषाध्यक्ष अनिता चौधरीले गरेका थिए ।

कार्यपत्र शुक्लाफाँटा एफ एमका पत्रकार दानसिंह डंगौराले प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन समाजका सचिव बुधीराम चौधरीले गरेका थिए ।

यसैबिच मुक्त कमैया समाजले बेदकोट नगरपालिकामा नगर स्तरिय १३ सदस्यिय समिति समेत चयन गरेको छ । समितिको अध्यक्षमा सुरज डंगौरा, उपाध्यक्ष बिपना डंगौरा, सचिब बिबेक चौधरी, कोषाध्यक्ष कविता डंगौरा चयन भएका छन् ।

यस्तै सदस्यहरुमा सुनिता थारु, माया डंगौरा, सिता डंगौरा, कुसुम डंगौरा, दलबहादुर डंगौरा, सुनिता सार्की र छेदुराम डंगौरा चयन भएका छन् भने पछि दुई जनालाई मनोनित गरिने जनाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...