ghar sansar

प्रदेश विपद व्यवस्थापन गुल्ममा सञ्चालन गरिएको पाँच दिने योग शिविर समापन

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल प्रदेश विपद व्यवस्थापन गुल्मले पञ्तजली योग समिति कञ्चनपुरको प्राविधिक सहयोगमा सञ्चालन गरेको पाँच दिने योग शिविर सकिएको छ । गुल्मका प्रमुख प्रहरी निरीक्षक नरपति भट्टको सभापतित्व र पञ्तजली योग समिति नेपालका केन्द्रिय सदस्य एवम् मुख्य योग प्रशिक्षक लबराज भट्टको प्रमुख आतिथ्यमा समापन गरिएको छ ।

,orning glory badhai

गुल्मको प्राङ्गणमा विहान ५ वजे देखि ७ बजे सम्म सञ्चालन हुने योग शिविरमा योग सन्देश प्रभारी केशव राज पन्त, नगर अध्यक्ष पवन पनेरु, प्रशिक्षक सुरेन्द्र बहादुर चन्द लगायतले गरेको प्रशिक्षणमा गुल्मका प्रहरी सहभागी भएका छन् ।

dirghayi clinic

समारोहमा विशिष्ट अतिथि पतञ्जली योग समितिका अध्यक्ष दयाकृष्ण जोशी, उपाध्यक्ष ई. धन सिंह वडाल, महिला अध्यक्ष कमला पाण्डेय, महामन्त्री हरी रावल तथा मिडिया प्रभारी प्रेम सिंह भाटले मन्तव्य राख्ने क्रममा योग, प्रणायाम र आर्युवेद लाई साथ साथै अगााडि बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीहरुको तर्फबाट मन्तव्य राख्दै प्रहरी सहायक हवल्दार हेमन्त चन्द तथा प्रहरी वरिष्ठ नायब निरिक्षक खेम राज पन्तले योग शिविर लाभदायि भएकोले योग लाई सेवा अवधिमा तथा सेवाबाट निवृत भए पश्चित आफुहरुले योग लाई निरन्तरता दि“दै परिवार र समुदाय सम्म पु¥याउने प्रतिवद्धता जाहेर गरे ।

पा“च दिन शिविरमा योग साधना राष्ट्रको आधारना, देशको संविधान र भगवानको विधान एवं प्रकृतिको नियम सबैले मान्नु पर्ने, मानिस स्वभावले नै रोगी नहुने र असावधानी, गल्ती र आहार नियमको पालना गर्न नसक्नुका कारण रोग निम्तने भएको हुदा“ हामीले हाम्रो शरिर लाई समय नदिनु आत्मघात भएकोले योग र प्रणायामको माध्यमबाट निरोगि र स्वस्थ्य रहने बिषयमा चर्चा गरिएको मिडिया प्रभारी भाटले बताए ।

Himal dental
सम्बन्धित
Loading...