ghar sansar

सरकारले आफ्नै निर्णय विपरित गेटामा बजेट छुट्याएपछि असन्तुष्टि, स्वास्थ्य विश्वविद्यालय अभियानका अभियन्ता डा. भट्ट भन्छन्– सुदूरपश्चिमबासी लज्जित छौ

little buddha academy
khasi

महेन्द्रनगर । एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टले सरकारले आफ्नै निर्णय विपरित गेटा मेडिकल कलेजमा एक शैय्याको अस्पताल र प्रतिष्ठान सञ्चालनका लागि बजेट विनियोजन गरेपछि असन्तुष्टि पोखेका छन् । उनले सरकारको बजेट विनियोजनले सुदूरपश्चिमबासी लज्जित भएको दुखेसो गरेका छन् ।

सरकारले सोमबार ल्याएको आगामी आर्थिक वर्षको बजेटमा कैलालीको गेटास्थित मेडिकल कलेजमा एक सय शैय्याको अस्पताल र प्रतिष्ठान सञ्चालनका लागि बजेट विनियोजन गरिएको छ । सरकारले माघ अन्तिम साता गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

,orning glory badhai

सुदूरपश्चिमका वासिन्दाको चाहना अनुसार विश्वविद्यालय घोषणा गरिएपछि सरकारको चौतर्फी प्रशंसा भएको थियो । अहिले बजेटमा प्रतिष्ठान सञ्चालन गर्न बजेट विनियोजन भएपछि सुदूरपश्चिमलाई अन्याय गरिएको भन्दै निवर्तमान साँसद भट्टले असन्तुष्टि पोखेका छन् ।

‘‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यू, हामी सुदूरपश्चिमबासी लज्जित छौं’ उनले असन्तुष्टि पोख्दै भनेका छन्,‘सुदूरपश्चिमका जनतामाथि यो अन्याय किन ? सुदूरपश्चिमका जनताको स्वास्थ्य, जनस्वास्थ्य र सामुदायिक स्वास्थ्य सेवामा यो अवरोध किन ?’

निवर्तमान साँसद भट्टले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विश्वविद्यालय बनाउने अभियानको नेतृत्व गरेका थिए । सुदूरपश्चिमका सबै राजनीतिक दलका साँसद र सरोकारवालाले विश्वविद्यालय बनाउन साथ दिएपछि सरकारले गत माघमा विश्वविद्यालय घोषणा गरेको थियो ।

dirghayi clinic

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन सरकारमाथि दबाव बढेपछि तत्कालिन सरकारले संसदीय समिति गठन गरी अध्ययन गरेको थियो । समितिको अध्ययनपछि सरकारले विश्वविद्यालय बनाउन सिफारिश गरेको थियो ।

एमालेका निवर्तमान साँसद डा. भट्टले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रको विकास देख्न नचाहने तत्वले बजेटमा विश्वविद्यालय हटाएको आशंका व्यक्त गरे । ‘यो पश्चगनको काममा सुदूरपश्चिमको प्रगति हेर्न लेख्न नचाहने तत्व सक्रिय रुपमा लागे, ती तत्वको भण्डाफोर हुन्छ,’ उनले भने,‘ यसको घोर विरोध गर्दै स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने माग गर्दछु ।’

सरकारले जेठ १० गतेको नीति तथा कार्यक्रममा विश्वविद्यालय समावेश गरिएको थियो । १० दिनपछि ल्याएको बजेटमा भने विश्वविद्यालय हटाएर अस्पताल र प्रतिष्ठान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

निवर्तमान साँसद भट्टले सरकारलाई विश्वविद्यालय स्थापना गर्ने निर्णय गरिएको सम्बन्धि प्रश्न सोधेका छन् । ‘स्वास्थ्य क्षेत्रका अगुवाहरुसंग प्रतिवद्धता व्यक्त गर्दै बेलुकाको मन्त्रिपरिषद्को बैठकबाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गर्नु भएको होइन् ?’ उनले भनेका छन् ।

गेटा मेडिकल कलेजका लागि ६ सय शैय्याका संरचना तयार गरिएका छन् । ६ सय शैय्याको संरचनामा एक सय बेड सञ्चालन गर्ने काम पश्चगमन भएको साँसद भट्टको भनाई छ ।

Himal dental
सम्बन्धित
Loading...