ghar sansar

ब्रह्मदेव साना किसान कृषि सहकारी संस्थाका सदस्यलाई बाख्रा र बोका वितरण

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ स्थित ब्रह्मदेव साना किसान कृषि सहकारी संस्था लिमिटेडले सदस्यलाई बाख्रा र बोका वितरण गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कन्चनपुरको सहयोगमा ८० जनालाई बाख्रा र ५ जानलाई बोको वितरण गरिएको छ ।

,orning glory badhai

सहकारीले बाख्रा र बोकांगै उनीहरुलाई घाँसको बिऊ र जुकाको औषधि पनि वितरण गरेको छ । दुई वर्ष अघि स्थापना गरिएको सहकारीमा सबै महिला मात्रै सदस्य छन् । सहकारीमा ७ सय ५० सदस्य छन् । उनीहरुमध्ये छनौट गरी बाख्रा, बोका, घाँसको बिऊ र जुकाको औषधि वितरण गरिएको छ ।

dirghayi clinic

सहकारी संस्थाका अध्यक्ष तारा बडुको अध्यक्षतामा गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला मन्त्री प्रदेश सभा सदस्य प्रकाश रावल प्रमुख अतिथि थिए ।

कार्यक्रममा भीमदत्त नगरपालिका ९ का अध्यक्ष गगन सिह कार्की, साना किसान कृषि सहकारी संस्था दैजीका अध्यक्ष धर्म सिँह कुँबर, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुरका प्राविधिक अधिकृत शिव राज भट्ट लगायत सहकारी संस्थाका पदाधिकारी, सदस्य, शेयर सदस्य लगायका सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...