ghar sansar

काँग्रेसबाट देश र जनताको उन्नति नहुने भन्दै महाधिवेशन प्रतिनिधि धामीले छाडे पार्टी

little buddha academy
khasi

महेन्द्रनगर । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि जनक सिंह धामीले पार्टी परित्यागको घोषणा गरेका छन् । बेलडाँडी गाउँपालिका युवा नेता धामीले मंगलबार सामाजिक सञ्जाल फेसबुकबाट पार्टी परित्यागको घोषणा गरेका हुन् ।

झण्डै चार दशकदेखि काँग्रेसमा सक्रिय उनी यस अघि यस अघि स्थानीय तह निर्वाचनमा बेलडाँडी गाउँपालिकाको अध्यक्ष र त्यसपछि प्रदेश सभा सदस्यका दावेदार थिए ।

,orning glory badhai

काँग्रेस १४ औं महाधिवेशनमा जिल्ला सचिव लडेका उनी त्यस अघि जिल्ला सदस्य थिए । १४ आंै महाधिवेशन अघि काँग्रेस संस्थापन इतरका धामी त्यसपछि संस्थापनको रमेश लेखक समूहबाट सचिव लडेका थिए ।

उनी लेखक समूहमा आएपछि काँग्रेस संस्थापन इतरका नेता दिवान सिह विष्टसित उनको सम्बन्ध बिग्रिएको थियो । कञ्चनुर निर्वाचन क्षेत्र नं. १ मा विष्टको दबदबाव छ ।

dirghayi clinic

२०४२ सालमा कक्षा १० मा पढदा नेपाली काँग्रेस कञ्चनपुरका नेता स्व गँगादत्त जोशीको घरमा भएको सत्याग्रह बाट प्रभावितभई ०४६ सालको जनआन्दोलनमा सक्रिय पुर्वक लागि हिरासतमा बसेको जनाएका छन ।

नेपाल विद्यार्थी सघको सिद्धनाथ बहुमुखी क्याम्पसको ईकाइ सभापति, जिल्ला सचिव हुँदै क्षेत्रिय सभापति, जिल्ला सदस्य भई हाल काँग्रेसको महाधिवेशन प्रतिनिधिको भुमिकामा उल्लेख गरेका छन ।

२१औँ शताब्दिमा पनि पार्टी परम्परागत शैलिमा चलेको,यथास्थिति वादमा अगाडि बढेको,गुटबन्दीको चरम उत्कर्षमा पुगेको,भ्रष्टाचारमा लिप्त भएको,सबल, सक्षम, ईमान्दार, समर्पण,त्याग, योगदान जस्ता कुराको कुनै महत्व नभएको, पद र पैसाको लागि मात्र नेताहरु लागि परेकोले यो पार्टीबाट देश र जनताको जीवन उन्नति प्रगति हुने नदेखिएको आरोप लगाएका छन् ।

सामाजिक रुपान्तरण र समुन्नत समाज निर्माण केवल नारामा मात्र सिमित रहेको, जातीवाद, क्षेत्रियतावाद, चाकरिवादमा पार्टि अल्झिएको, नेता कार्यकर्ता गुटबन्दिका कारण दलदलमा फसेको नया युवालाई पनि दलदलमा फसाउन लागिएकोले आजैका मिति काँग्रेस पार्टिबाट अलग भई स्वतन्त्र नागरिकको हैसियतमा बसेको घोषणा गरेका छन ।

Himal dental
सम्बन्धित
Loading...