ghar sansar

कञ्चनपुरमा यस कारण गरिएन प्रचण्ड गर्मीमा पनि विद्यालय बन्द, खोप लगाउन बालबालिका नआउने चिन्ता

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुरमा गर्मी बढेपछि विद्यालयहरु पनि बिहान १० बजेसम्म मात्रै सञ्चालन गरिएका छन् । जिल्लामा दादुरा रुवेला विरुद्धको खोप अभियान चलिरहेका कारण १० बजेसम्म मात्रै विद्यालय सञ्चालन गरिएको हो । खोप केन्द्र विद्यालयमै राखिएको छ । विद्यार्थी नआएपछि खोप अभियान प्रभावित हुनसक्ने भन्दै पूर्ण रुपमा बिदा नगरिएको हो ।

‘खोप अभियानभर १० बजेसम्म विद्यालय सञ्चालन गर्ने भनेका छौं । त्यसपछि पनि गर्मी कम नभए पूर्ण बिदा गरिनेछ,’ भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले भने, ‘अहिले नै विद्यालय बन्द गर्दा खोप अभियान प्रभावित हुने देखिन्छ ।’

,orning glory badhai
dirghayi clinic

कञ्चनपुरमा जेठ २६ देखि ३२ सम्म दादुरा र रुवेलाविरुद्धको खोप अभियान सुरु गरिएको छ । जिल्लामा दादुराको प्रकोप देखिएपछि ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन थालिएको हो ।

जिल्लाका ९ वटै स्थानीय तहले बिहानी सत्रमा मात्रै विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन् । बिहानी सत्र पनि खोप अभियानकै कारण सञ्चालन हुन लागेको हो ।

खोप अभियान सकिएपछि पनि गर्मी कम नभए बिदा गर्ने तयारी रहेको स्थानीय तहहरुले जनाएका छन् । बेलौरी नगरपालिकामा भने विद्यालय पाँच दिनका लागि बन्द गरिएका छन् ।

जिल्ला समन्वय समिति कञ्चनपुरले पनि सबै स्थानीय तहलाई गर्मी बढेका कारण खोप अभियान प्रभावित नहुने गरी बिदा गर्न पत्राचार गरेको छ । सोही पत्रका आधारमा पालिकाहरुलाई बिहान १० बजेसम्म विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

Himal dental
सम्बन्धित
Loading...