ghar sansar

बेदकोटको बजेट ९२ करोड २० लाख

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ९२ करोड बढीको बजेट ल्याएको छ । १३ औं नगर सभाबाट आइतबार ९२ करोड २० लाख ५० हजार बराबरको बजेट पारित गरिएको छ । नीति तथा कार्यक्रम यस अघि नै पारित गरिएको थियो ।

नगर सभामा उप मेयर तुलसी जोशीले बजेट प्रस्तुत गरेकी थिइन् । नगर सभामा प्रस्तुत बजेटमाथि छलफल गरिएपछि पारित गरिएको छ ।

,orning glory badhai

आगामी वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ६ करोडले कम हो । चालु आर्थिक वर्षमा नगरपालिकाको बजेट ९८ करोड ५१ लाख छ ।

बेदकोले समृद्ध बेदकोट नगरको आधार, कृषि उद्योग, पर्यटन र पूर्वाधार भन्ने नारालाई आधार बनाएर वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ ।

बेदकोटका मेयर भोजराज बोहराले नगर गौरबका सबै योजनालाई निरन्तरता दिएर बजेट विनियोजन गरिएको बताए । ‘यस वर्ष संघ र प्रदेश सरकारबाट अनुदान कटौती हुने अवस्था नभएको भए केही नयाँ योजना ल्याउने सोचमा थियौ, तर अनुदान कटौती भएर नयाँ योजना ल्याउन सक्ने अवस्था रहेन’ उनले भने,‘नगर गौरबका योजना, जुन सञ्चालनमा छन्, तिनलाई निरन्तरता दिएका छौ ।’

dirghayi clinic

बजेटमा संघ सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत प्राप्त १४ करोड ८ लाख, राजश्व वाँडफाडबाट रु.१२ करोड ४६ लाख ९९ हजार, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान तर्फ कूल २८ करोड ६१ लाख, संघीय बिशेष अनुदान अन्तर्गत प्राप्त १ करोड २० लाख, संघीय समपुरक अनुदान रु. ७० लाख रहेको छ ।

यसैगरी, प्रदेश सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदान १ करोड २६ लाख ४४ हजार, बिशेष अनुदान अन्तर्गत प्राप्त रु. ६० लाख, सवारी साधन कर वाडफाँड शिर्षकमा प्राप्त ८१ लाख १२ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुर अन्तर्गत रु १ करोड छ ।

बेदकोटल आगामी वर्ष आन्तरिक राजश्व ६ करोड पुग्ने अनुमान गरेको छ । चालु आर्थिक वर्षको ३ करोड बचत सहित आगामी वर्ष ६ करोड ६२ लाख ४५ हजार पुग्ने अनुमान गरिएको छ । सामाजिक सुरक्षा तर्फ प्राप्त रकम २१ करोड अनुमान गरिएको छ ।

चालु आर्थिक वर्ष २०७९÷०८० को लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत अनुमानित कुल आय १६ करोड ४४ लाख भएकोमा वास्तविक आय १४ करोड ३८ लाख ५० हजार प्राप्त भएको, राजश्व बाँडफाँडबाट १२ करोड ७२ लाख ६१ हजार प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म ७ करोड ९६ लाख ५६ हजार ५ सय ८० मात्र प्राप्त भएको, प्रदेश सरकारवाट अनुमानित वित्तिय समानीकरण अनुदान १ करोड १९ लाख ५४ हजार भएकोमा हालसम्म १ करोड ४ लाख ४९ हजार ७ सय ५० मात्र प्राप्त भएको छ।

चालु आ.व.मा संघीय सरकार र प्रदेश सरकार मार्फत प्राप्त हुने अनुमान गरिएको कुल अनुदान रकम भन्दा रु. ६ करोड ९६ लाख ४८ हजार ६ सय ७० घटी प्राप्त भएको छ।

आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषी, आर्थिक विकास, पर्यटन प्रवर्द्धन क्षेत्रको विकास , सामाजिक विकास, विद्युतिय समस्याको समाधान, वन, वातावरण तथा सरसफाई, सुुशासन प्रवद्र्धन, प्राकृतिक तथा मानविय विपद व्यवस्थापन आदिलाई प्राथमिकतामा राखेका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...