ghar sansar

अवैध रुपमा मेडिकल सञ्चालन गर्दै आएका ११ भारतीय नागरिक विरुद्ध दुई मुद्दामा अनुसन्धान

little buddha academy
khasi

महेन्द्रनगर । अवैध रुपमा मेडिकल सञ्चालन गरेको भन्दै पक्राउ परेका भारतीय नागरिकमाथि दुई मुद्दामा अनुसन्धान गरिएको छ ।

जिल्ला प्रंहरी कार्यालयले सोमबार कार्यालयमा पत्रकार सम्मेलन गरी पक्राउ परेका सबै ११ जनालाई सार्वजनिक गरी उनीहरुमाथि दुई मुद्दामा अनुसन्धान गरिएको जानकारी दिएको हो । प्रहरीले केही दिन अघि दोधारा चाँदनीबाट ९ र भीमदत्तबाट २ जनालाई पक्राउ गरेको थियो ।

,orning glory badhai

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले उनीहरु विरुद्धमा दुई मुद्दा आकर्षित हुने भएपनि शिघ्र कार्बाहीका लागि इलाज सम्बन्धी कसुर अन्र्तरगत मुद्दा चलाउन लागेको बताए । पक्राउ परेका ११ भारतीय विरुद्धमा औषधी व्यवस्था विभागबाट समेत मुद्दा चलाउन सकिने भएकाले उताबाट कसुर कम लाग्ने भएकाले इलाज सम्बन्धी कसुरमा मुद्दा चलाउन लागेको बताए ।

dirghayi clinic

इलाज कसुरमा कानुन बमोजिम औषधी बिक्रि वितरण गर्न पाउने व्यक्तिले इलाज गर्न पाउने इलाज गर्न पाउने इजाजत प्राप्त व्यक्तिको सिफारिश बिना कसैलाई मानव शरीरमा गम्भिर असर हुने कुनै लागु औषध विषादी वा जोखिमपुर्ण औषधी बिक्रि वितरण गर्न नहुने कानुनमा उल्लेख छ ।

तर, ती भारतीय नागरिकले गैर कानुनी रुपमा औषध बिक्रि वितरणदेखि उपचार गरेर मानव स्वास्थ्यमाथि हानी पु¥याएको भेटिएको एसपी थापाले बताए । उनका अनुसार पूर्ण जोखिम मध्यम तथा समान्य गरी तीन प्रकारले अवैध रुपमा औषधी बेचबिखन गरेको पाईएको छ । ‘अवैध रुपमा गर्भपतन गराउने पनि रहेछन, ‘एसपी थापाले भने, ‘उनीहरु सबै एकेडेमिक रुपमा मेडिकल शिक्षा अध्ययन गरेका होईनन, यस्तै औषधी पसलमा काम गरेर नेपालमा आएर पसल थापेको पाईयो ।’

प्रंहरीका अनुसार पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका १ मिलन चौराहमा अनुमती नलिएर औषधी पसल संचालन गरेर उपचार गर्दै आएका भारत उद्धवसिह नगर कुतियाकभरका ३८ बर्षिया निवास गाईन, दोधाराचाँदनी ३ श्रेष्ठ चौराहमा अवैध रुपमा मेडिकल सञ्चालन गरेका उद्धमसिह नगर खटिमा बस्ने ३२ बर्षिया कार्तिक सरदार, सोही ठाँउबस्नेदेखि घर भएका ४९ बर्षिया निरन्जन अधिकारी, उद्धवसिह नगर खटिमा बस्ने २५ बर्षिया भुपेन्द्र पुरी, दोधाराचाँदनी ४ लठघाट चौराहमा पसलको नाम नराखी अनुमती बिनै औषध पसल संचालन गर्दै आएका पिलिभित रानीकलौनी पोष्ट मजौलाका ४४ बर्षिया सुधान्सु हल्दार, उद्धवसिह नगर खटिमा बस्ने २३ बर्षिया रवि विश्वास र दोधाराचाँदनी ७ कञ्चनभोजमा अनुमती बिनै मेडिकल संचालन गरेका भारत उद्धवसिह नगर खटिमा बस्ने २६ बर्षिया संजय विश्वास, ४६ बर्षिया राजेश विश्वास, ४५ बर्षिया सन्तोष सरकारलाई पक्राउ गरिएको थियो ।

भीमदत्त नगरपालिका ९ ब्रम्हदेबबाट भारत नोदिया पोष्ट ग्राम ईटापुकुरका ३९ बर्षिया गोकुल मण्डल र भीनपा १३ बडैपुरबाट भारत पिलिभित न्यूरियाका ३५ बर्षिया राजा शान्तिरज बैरागीलाई पक्राउ गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...