ghar sansar

बेदकोटका सामुदायिक विद्यालयमा स्वयम् सेवक शिक्षक परिचालन, विद्यार्थी शिक्षक अनुपातका आधारमा विद्यालयलाई अनुदान पनि दिइने

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकाका सामुदायिक विद्यालयमा स्वयम् सेवक शिक्षक परिचालन गरिने भएका छन् । बेदकोट नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा स्वयम् सेवक शिक्षक राखिने व्यवस्था गरिएको हो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्य राखेर स्वयम् सेवक शिक्षक राख्न लागिएको मेयर भोजराज बोहराले बताए ।

,orning glory badhai

‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लक्ष्य राखेर स्वयम् सेवक शिक्षक राख्ने व्यवस्था बजेटमा गरिएको छ’ मेयर बोहराले भने,‘यसबाट शिक्षक दरबन्दी अभावको अवस्थालाई एकातिर पूर्ति गर्छ भने अर्कोतिर अहिलेको युवा जनशक्तिबाट विद्यार्थीले पाठ्यपुस्तक बाहेक अन्य नयाँ नयाँ कुरा सिक्न पाउँछन् ।’

आगामी वर्ष कम्तिमा एक विद्यालयमा एक जना हुने गरी परिचालन गरिने र त्यसलाई निरन्तरता दिइने मेयर बोहराले बताए ।

dirghayi clinic

‘बजेटमा आएपछि यसका लागि प्रक्रियामा जान्छौ, नयाँ आर्थिक वर्षमा स्वयम् सेवक शिक्षक नियुक्त गरी विद्यालयमा पठाउँछौ’ उनले भने ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विद्यार्थी शिक्षक अनुपातका आधारमा अनुदान वितरण गर्न पनि बजेट विनियोजन गरिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९२ करोड २० लाख ५० हजार बराबरको बजेट ल्याएको छ ।

बेदकोले समृद्ध बेदकोट नगरको आधार, कृषि उद्योग, पर्यटन र पूर्वाधार भन्ने नारालाई आधार बनाएर वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ ।

बजेटमा संघ सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत प्राप्त १४ करोड ८ लाख, राजश्व वाँडफाडबाट रु.१२ करोड ४६ लाख ९९ हजार, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान तर्फ कूल २८ करोड ६१ लाख, संघीय बिशेष अनुदान अन्तर्गत प्राप्त १ करोड २० लाख, संघीय समपुरक अनुदान रु. ७० लाख रहेको छ ।

यसैगरी, प्रदेश सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदान १ करोड २६ लाख ४४ हजार, बिशेष अनुदान अन्तर्गत प्राप्त रु. ६० लाख, सवारी साधन कर वाडफाँड शिर्षकमा प्राप्त ८१ लाख १२ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुर अन्तर्गत रु १ करोड छ ।

बेदकोटल आगामी वर्ष आन्तरिक राजश्व ६ करोड पुग्ने अनुमान गरेको छ । चालु आर्थिक वर्षको ३ करोड बचत सहित आगामी वर्ष ६ करोड ६२ लाख ४५ हजार पुग्ने अनुमान गरिएको छ । सामाजिक सुरक्षा तर्फ प्राप्त रकम २१ करोड अनुमान गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...