ghar sansar

यति गरेपछि होसमा आउलान त भीमदत्तका मेयर

little buddha academy
khasi

महेन्द्रनगर । महेन्द्रनगर बजार क्षेत्रका सडकमै रोपाइँ गरिएको छ । बजारका वासिन्दाले बुधबार सडक नबनेको विरोधमा सडकमै रोपाइँ गरेका हुन् । बसपार्क–चम्मनचोक–क्याम्पसरोड सडकअन्तर्गत खानेपानी कार्यालय पश्चिमतर्फ रहेका व्यवसायीले सडकमै रोपाइँ गरेका छन्।

व्यवसायीसमेत रहेका रवीन्द्र ओझाले नगरपालिकाले सडक नबनाएपछि सडक छेउमा खाडल परेको बताए। ‘नगरपालिकाले सडक बनाउन ढिलाइ गर्दा सडक छेउमा खाडल भयो,’ उनले भने, ‘घाम लागेका बेला घुलाम्मे र पानी परेका वेला हिलाम्ये हुन थाल्यो।’

,orning glory badhai
dirghayi clinic

उनीहरूले सडक बनाउन ढिलाइ गरेको विरोधमा भीमदत्तका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी र वडा अध्यक्ष सुशील कुमार भट्टको तस्बिर टाँसेका छन् । उनीहरुले मयमै सडक बनाउन माग अघि सारेका छन्। क्षेत्रीय सहरी विकास परियोजना (आरयुडिपी) अन्तर्गत महेन्द्रनगरमा सडक निर्माण भइरहेका छन् ।

उक्त स्थानमा विवाद आउँदा पालिकाले सडक निर्माण कार्य रोकेको छ । भीमदत्त नगरका प्रवक्ता महेन्द्र खड्काले उक्त क्षेत्रमा सडक विस्तारका क्रममा नगर विकास समितिको २२ सटरमा व्यवसाय गर्दै आएका व्यवसायीको वैकल्पिक व्यवस्था नहुँदासम्म सडक निर्माणदाता एडिबीले काम अघि नबढाएपछि काम रोकिएको बताए ।

‘एडिबीको आफ्नै अन्तर्राष्ट्रिय मूल्य–मान्यता छ,’ उनले भने, ‘सोही अनुरूप सो क्षेत्रमा सडक बन्न ढिलाइ भएको छ। वडा नम्बर ४ का वडा अध्यक्ष सुशीलकुमार भट्टको अध्यक्षतामा एक कार्यदल बनेको छ । जीविकोपार्जन गर्दैै आएका व्यवसायीको वैकल्पिक व्यवस्था भएपछि उक्त घर तोडेर र सडक निर्माण हुन्छ ।’

Himal dental
सम्बन्धित
Loading...