ghar sansar

बेदकोटका मेयर उप मेयरले यसरी गरे रोपाई

little buddha academy
khasi

–मनिसा भट्ट
महेन्द्रनगर । बेदकोट नगरपालिकामा इन्द्रेणी कृषि सहकारी संस्था लि.ले शुक्रबार २० औं राष्ट्रिय धान दिवस मनाएको छ । “जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” भन्ने नारा सहित बेदकोटका मेयर भोजराज बोहराको प्रमुख आतिथ्यमा धान दिवस मनाइएको छ ।

कार्यक्रममा मेयर बोहराले असार १५ किसानका लागि मानो रोपेर मुरी उब्जाउने दिन भएको उल्लेख गर्दैै नगरपालिकाले आफ्नो नीति, कार्यक्रम र बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको बताए ।

,orning glory badhai

‘यो हाम्रो नगरमा बढी किसान भएको नगर भएकाले अहिले आर्थिक संकटको बेलामा अन्य शाखाहरुको बजेटमा कटौती गरिए पनि कृषि शाखाको भने वजेट काटेका छैनौं, कृषि क्षेत्रको बिकासका लागि विभिन्न कार्यक्रम गरि रहेका छौ’ उनले भने ।

मेयर बोहराले युवाहरु लागु औषधमा फस्दै गएकाले नियन्त्रणका लागि सबैले गम्भीर हुनु पर्नेमा जोड दिए । ‘अहिले कञ्चनपुर र कैलालीमा लागु औषधको बिगबिगी बढेको छ, कहीं कतै हाम्रा नानी बाबु कुलतमा त परेका छ्रैनन्, अब अभिभावकहरुले पनि आफ्ना नानी बाबु के गरिरहेका छन्, कता जाँदै छन् भन्ने बुझनु जरुरी छ’ उनले भने ।

dirghayi clinic

उनले बेदकोटका सबै बेरोजगार युवालाई रोजगार दिन नसके पनि सीप मुलक तालिम सञ्चालन गरी रोजगारका लागि तयार गरिँदै आएको बताए ।

बेदकोट नगरपालिकाकोे सहयोगमा किसानहरुलाई ५० प्रतिशतमा अनुदान सहयोगमा कृषि उपकरण तथा औजारहरु इन्द्रेणी कृषि सहकारी संस्थाका अध्यक्ष शिवराज भट्टलाई बुझाएका छन ।

कार्यक्रममा बेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशी, बेदकोट नगरपालिका ९ का वडा अध्यक्ष अध्यक्ष जनक सिंह विष्ट, कार्यपालिका सदस्य पार्वती विष्ट, पवन नेपाली लगायत वडा सदस्यहरु, राजनीतिक दलका प्रतनिधि, नगरपालिकाको कृषि शाखाका कर्मचारी लगायतका सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...