ghar sansar

मेलौलीमा सहकारी खोल्दै दलित समुदायका महिला, सबै वडाका महिला समेटिने

little buddha academy
khasi

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिका ५ स्थित मेलौली सामुदायिक सिकाइ केन्द्रद्वारा सञ्चालित दलित लक्षित कार्यक्रम अन्तर्गत दलित समुदायका महिलाहरुको सहकारी खोल्ने कार्य अघि बढेको छ । दलित समुदायका महिलाहरुको क्षमता अभिवृद्धि समाजिक कार्यमा सहभागिता बढाउन र व्यावसायिक बनाउनका लागि वडा दलित महिला सिकाइ समूह गठन गरिएको छ।

मेलौली नगरपालिका ५ मा गरिएको कार्यक्रमबाट अध्यक्षमा चन्द्रा दयाल, कोषाध्यक्षमा मनिसा औजी,सचिव संगिता सार्की र सदस्यहरु निर्मला पोखरेल ,लक्ष्मी पार्की,मिना दयाल,मन्जु दयाल,मथुरा पार्की,गुड्डु दयाल,जानकी पोखरेल ,धनमती सार्की चयन भएका छन् ।

,orning glory badhai
dirghayi clinic

मेलौली नगरपालिका ६ का वडा सदस्य कमला सार्की, गुनडी पोखरेल र मधु औजि सल्लाहकार चयन भएका छन् । अन्य वडाहरु २,३,४,६,८ र ९ गरी सबै वडामा समिति गठन गरिने कार्यपालिका सदस्य धरम दयालले बताए ।

केन्द्रका कार्य वाहक अध्यक्ष बिजय पोखरेलको अध्यक्षतामा गरिएको कार्यक्रममा कार्यपालिका सदस्य तथा दलित अगुवा मेलौली दलित सञ्जालका अध्यक्ष सुरेश परियार, उपाध्यक्ष चेत राम नेपाली ,कार्यपालिका सदस्य धर्म सह दयाल, वडा सदस्य कमला सार्की लगायतका सहभागी भएका छन् । कार्यपालिका सदस्य धर्म सिह दयालले कार्यक्रम सञ्चालन तथा सहजीकरण गरेका थिए ।

कार्यक्रममा कार्य वाहक अध्यक्ष पोखरेलले अझै पनि धेरै वडामा दलित समुदायको अवस्था दयनीय भएको, सीप भएर पनि लगानी अभावमा व्यवसाय सञ्चालन गर्न नसकेर बेरोजागर भएर बस्नु परेकोले अब अवस्था पहिचान गरी काम गर्नु पर्नेमा जोड दिए ।

दलित समुदायको हरु को वास्तविक अवस्था चित्रण गरि त्यहा को वास्तविक पहिचान गरी त्यसै अनुसारका कार्य थालनी गर्ने र रोजगारी सिर्जना गर्ने किसिमका कार्यमा सक्रिय रुपमा लागेको धरम दयालले बताए ।

Himal dental
सम्बन्धित
Loading...