

महेन्द्रनगर । नेपाल परिवार नियोजन संघ कञ्चनपुर शाखाको अध्यक्षमा गजेन्द्र देब लेखक निर्वाचित भएका छन् । संघको नयाँ कार्य समितिका लागि २६ गते हुने निर्वाचनका लागि शनिबार अध्यक्ष लेखकको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

संघमा अन्य पदाधिकारी र सदस्य पनि शनिबार निर्विरोध भएका छन । संघको कोषाध्यक्षमा गिरीराज शर्मा, महिला सदस्य देवकी पाण्डेय,सरस्वती दाहाल, विशेषज्ञ सदस्य त्रिपुरेश्वरी विष्ट(भट्ट), कुमारी ममिता अवस्थी, पुष्पराज पन्त, प्रेमराज अर्याल,आरती ओझा निर्विरोध भएका छन् ।

संघका अध्यक्ष लेखकले यस अघि दुई कार्यकाल संघको सचिव भएर जिम्मेवारी वहन गरि सकेका छन् । उनले परिवार नियोजन सेवा प्रभावकारी र गुणस्तरिय रुपमा अघि बढाउने बताए ।

