ghar sansar

४० बुँदे माग पूरा गर्न आनाकानी गरेको भन्दै एमाले कृष्णपुरले दियो आन्दोलनको चेतावनी

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमाले कृष्णपुर नगर कमिटीले कृष्णपुर नगरपालिकाले आफना मागहरु पूरा गर्न पटक–पटक गराउँदा समेत सुनुवाई नभएको भन्दै आन्दोलनमा जाने चेतावनी दिएको छ । एमाले कृष्णपुर नगर कमिटीले आइतबार मेयर हेमराज ओझासित भेटघाटपछि पत्रकार सम्मेलन गरी आन्दोदन गर्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा नगर कमिटी अध्यक्ष गणेशसिंह ऐरीले पटक–पटक नगर नेतृत्वलाई सचेत गराउदा पनि भ्रष्टाचार नियन्त्रणमा नआएको र झन–झन नयाँ तौर तरिकाहरु अपनाउदै नीतिगत ढंगले नै अनियमितता बढेको बताए ।

,orning glory badhai

‘अहिले भर्खरै पनि ‘मेयरसाप’ सँग वार्ता भयो, हामीले उठाएका विषयवस्तु हरुलाई उहाँले हल्का ढंगले लिएको देखियो,’ अध्यक्ष ऐरले भने, ‘पटक–पटक आग्रह र सुझाव दिदासमेत उहाँले टेर्नु भएन, त्यसैले ती सबै विषयवस्तु लगेर जनतामाझ जाने निर्णय गरेका छौँ ।’

dirghayi clinic

एमाले नगर कमिटीले कृष्णपुर नगरपालिकामा भएको बेथितिलाई ४० बुँदामा समेटेको छ। आव ०८०÷०८१ को बजेट र नीति तथा कार्यक्रमहरु नेतामुखी भएको, उपभोक्ता समिति गठन गर्दा जनप्रतिनिधिहरुले आफू अनुकुलका ब्यक्तिहरुलाई राखेर कमिसन लिएको, उपभोक्ता हरुलाई त्यसबारे जानकारी नै नभएको पाइएको एमालेले जनाएको छ ।

योजनाहरु डुब्लिकेसन गरिएको, अनुदानका कार्यक्रममा अनियमितता गरिएको, ठुला योजनाहरुलाई टुक्रा पारेर अनुकुलका ब्यक्तिहरुलाई कोटेसनमा दिइएको, भूगोल भन्दा बाहिरका ब्यक्तिहरुलाई उपभोक्ता समितिमा राखेर मनोमानी तवरले काम गरिएको एमाले नगर कमिटीको आरोप छ ।

एमाले नगर कमिटी इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य लोकराज पन्तले ब्यक्तिगत स्वार्थका लागि यी विषय नउठाएको र लिखित र मौखिक रुपमा पटक–पटक आग्रह गर्दा पनि नगर नेतृत्व कानमा तेल हालेर सुतेकाले जनतामा जाने निर्णय गरेको बताए।

‘जनतानै न्यायाधीश हुन्, सबै मुद्दाहरु जनस्तरमा लग्छौँ र गलत हर्कतविरुद्ध भण्डाफोर अभियान चलाउछौँ,’ यसअघि नगर प्रमुखका उम्मेदवारसमेत रहेका पन्तले भने ।

एमाले नगर कमिटीले सूचनाको हक प्रयोग गरी नगरपालिकालाई निबेदन दिएको थियो। त्यसबाट प्राप्त सूचना र जानकारी, स्थलगत अनुगमन तथा बिभिन्न तथ्य, तथ्यांकहरु केलाउदा अनियमितताका श्रृंखलाहरु भेटिएको नगर कमिटीले जनाएको छ।

Himal dental
सम्बन्धित
Loading...