ghar sansar

एमालेले बेलडाँडी गाउँपालिकालाई खबरदारी गर्ने

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमाले बेलडाँडी गाउँ कमिटीले स्थानीय सरकारका गलत काम विरुद्ध खबरदारी गर्ने भएको छ । सोमबार बसेको बेलडाँडी गाउँ कमिटीको बैठकले वडास्तरका योजना बनाउने जनताको घरदैलोसम्म जाने सहित स्थानीय सरकारका बेथितिविरुद्ध सशक्त प्रतिपक्षीको भूमिका निभाउने र जनसरोकारका विषय उठाउने निर्णय गरेको
हो ।

dirghayi clinic

गाउँ कमिटी अध्यक्ष लक्ष्मण भाटको अध्यक्षतामा बसेको बैठकमा पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज नारदमुनि राना, केन्द्रीय कमिटी सदस्य तथा पालिका इन्चार्ज इन्दु कडरिया, प्रतिनिधिसभा सदस्य तारालामा तामाङ, प्रदेश कमिटी नेताहरू, कार्यबाहक जिल्ला अध्यक्ष लक्ष्मी बुढा, जिल्ला सचिव पल्लबराज भट्ट, उपसचिव फैरु तामाङ, जिल्ला कमिटी सदस्य तथा पालिका इन्चार्ज दिलबहादुर सुनार लगायत नेता सहभागी भएका छन् ।

,orning glory badhai

एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको सिकाइपछि केन्द्रीय कमिटी बैठकले सदस्यता विस्तार र संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियान अन्तर्गत २०८० साललाई अधिवेशन वर्षका रूपमा प्रदेश कमिटीदेखि टोल कमिटीसम्म अधिवेशन गरिने भएको छ । अधिवेशनसँगै एमालेले ‘मिसन २०८४’ निर्वाचनको तयारी गरिरहेको एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले बताए ।

Himal dental
सम्बन्धित
Loading...