ghar sansar

वैज्ञानिक कृषक विकास समिति कञ्चनपुरको अध्यक्षमा पुजारा

little buddha academy
khasi

महेन्द्रनगर । वैज्ञानिक कृषक विकास समिति कञ्चनपुरको अध्यक्षमा राम सिह पुजारा चयन भएका छन् । समितिको नवौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट पुजाराको अध्यक्षतामा समिति यन गरिएको छ।

समितिको उपाध्यक्षमा कृत बहादुर चन्द, मन्जु गिरी, सचिव योगेश कुमार जोशी सह सचिव सरस्वती चन्द, कोषाध्यक्ष गीता चन्द र सदस्यमा लाल बहादुर बडायक, भुवनेश्वर जोशी र हरि चन्द चयन भएका छन् ।

,orning glory badhai

साधारण सभाबाट यस अघिको कृषि विकास समितिको नाम परिवर्तन गरी वैज्ञानिक कृषक विकास समिति बनाइएको छ ।

dirghayi clinic

साधारण सभाबाट अनुगमन समिति, लेखा समिति र सल्लाहकार समिति गठन गरिएका छ्न. । समितिले शेर बहादुर चन्दलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिएको छ ।

समितिले साधारण सभाबाट किसानहरुले समयमै मलबिउ पाउनु पर्ने, कृषि उत्पादनको समयमै मूल्य निर्धारण गरिनु पर्ने, छाडा चौपाया व्यवस्थापन गर्नु पर्ने  लगायतका माग अघि सारेको छ ।

बेदकोट नगरपालिकाका वडा नं. ६ का वडा सदस्य जयदेब पन्तको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा समितिका सदस्य लगायतका सहभागी भएका छन् । समितिका अध्यक्ष पुजाराको अध्यक्षतामा कार्यक्रम गरिएको छ । 

 

Himal dental
सम्बन्धित
Loading...