ghar sansar

बेदकोटको सिद्धनाथ बैजनाथ सामुदायिक वनमा पर्ने बगुन खोलाबाट अवैध ढुङ्गा उत्खनन गर्नेलाई कानुनी दायरामा ल्याइने

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका ४ स्थित सिद्ध बैजनाथ सामुदायिक वन क्षेत्रमा पर्ने बगुन खोलाबाट ढुङ्गा उत्खनन कार्य पूर्ण रुपमा रोकिने भएको छ । केही दिनदेखि खोलाबाट अवैध रुपमा ढुङ्गा उत्खनन कार्य तीव्र भएपछि शुक्रबार वन समूहको कार्यालयमा बसेको सर्वपक्षीय बैठकले पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।

बेदकोट नगरपालिका ४ का वडा अध्यक्ष नरेन्द्र बोहरा सहित जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, स्थानीय, ट्रयाक्टर व्यवसायी सहितको सर्वपक्षीय बैठकले अवैध उत्खनन गरिएको पाइएमा कानुनी कारवाहीमा जाने निर्णय पनि गरिएको छ ।

,orning glory badhai
dirghayi clinic

सिद्धनाथ बैजनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजेन्द्र सिह भण्डारीले वन क्षेत्रमा पर्ने खोलाबाट अवैध रुपमा ढुङ्गा उत्खनन कार्य पूर्ण रुपमा रोक्न, त्यसलाई नियन्त्रण्का लागि सम्बन्धित निकायमा पहल गर्ने र अवैध रुपमा संकलन गरिए कानुनी कारवाहीमा जाने निर्णय गरिएको बताए ।

बैठकमा सहभागी ट्रयाक्टर व्यवसायी सबैले खोलाबाट ढुङ्गा उठाउनु दिनु नपर्ने धारणा राखेका थिए । उनीहरुले आफूहरुका सवारी खाली भएपछि खोलामा गएर ढुङ्गा उत्खनन गरि संकलन गर्दै आएको बताए ।
स्थानीयका अनुसार ट्रयाक्टर धनी वडाका वासिन्दाले खोलाबाट अवैध रुपमा ढुङ्गा उत्खनन गरी संकलन गर्दै आएका छन् । उनीहरुले वन क्षेत्रमा अवैध उत्खनन गरिएका ढुङ्गा जम्मा गर्दै आएका छन् ।

सामुदायिक वनले पटक पटक गरेका आग्रह वेवास्ता गरेपछि नियन्त्रणका लागि सर्बपक्षीय बैठक गरेको छ । बेदकोट नगरपालिकाले बगुन खोलामा नदीजन्य पदार्थ संकलनको ठेक्का लगाए पनि स्थानीयले ठेक्का नभएको क्षेत्रबाट अवैध रुपमा उत्खनन गर्दै आएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...