ghar sansar

सेनाको उपचार केन्द्रमा अढाई सय बढी सर्पदंशका विरामीको उपचार

khasi

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो एक वर्षमा सर्पदंशका करिब तीन सय बिरामीको सफल उपचार गरिएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको रुद्रध्वज गण मातहत रहेको अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा गत आर्थिक वर्षमा दुई सय ५१ जना बिरामीको उपचार गरिएको छ । रुद्रध्वज गणका सेनानी दीपेन्द्र मल्लले साधारण तथा विषालु सर्प, बिच्छी र अन्य किराको टोकाइबाट बिरामी परेकाको उपचार गरिँदै आएको जानकारी दिए।

ratnam
dirghayi clinic

उनका अनुसार गत आवमा ८६ पुरुष र एक सय ६५ जना महिलाको सर्पदंश केन्द्रबाट उपचार गरिएको छ। साथै चालु आवमा साउनको ११ गतेसम्म यहाँ १९ जना सर्पदंशका बिरामीको उपचार भइसकेको सेनानी मल्लले जानकारी दिए।

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले गत आवमा ४३ जना सर्पदंशका बिरामीको सघन उपचार कक्षमा राखेर उपचार गरिएको जानकारी दिए ।

’आइसियु र भेन्टिलेटरमै राखेर ४३ जना बिरामीको उपचार गरियो’, अध्यक्ष भट्टले भने, ’धेरैजसो सर्पदंशका बिरामीको इमर्जेन्सीमै उपचारपछि निको भएर घर फर्किने गरेका छन् ।’

उनले सर्पदंशका बिरामीका लागि सर्पदंश उपचार सेवा प्रभावकारी बन्दै गएको बताए। ’विगतमा सर्पले टोक्दा अकालमै ज्यान गुमाउनु पर्ने स्थिति थियो’, उनले भने, ’अहिले समयमै चाँडो अस्पताल पुगे ज्यानै गुमाउनुपरेको घटना छैन ।

Himal dental
सम्बन्धित
Loading...