

महेन्द्रनगर । भीमदत्तनगर नगरपालिका १२, ऐरीििस्थत श्री बैजनाथ युवा जनसेवा समितिको नयाँ कार्य समिति गठन भएको छ । शनिवार कार्यालय परिसरमै सञ्चालन भएको साधारण सभा मा ११ सदस्यीय कार्य समिति गठन भएको हो ।
नयाँ कार्य समितिका अध्यक्ष अशोक सिंह बुढापाल, उपाध्यक्ष सुरेन्द्र मल्ल, सचिममा भोजराज जोशी, सह सचिवमा लोकराज जोशी र कोषाध्यक्षमा लक्ष्मी दत्त जोशी चयन भएका छन ।


त्यस्तै सदस्यहरुमा मेहन देव भट्ट, सुरेश प्रसाद जोशी, रेवाध सार्की, राजकुमार वडायक, विमला अवस्थी भट्ट र सिता देवी रावल चयन भएका छन् ।
बि स २०४७ मा स्थापना भएकोनगरकै स्थापित सामाजिक संस्थाका रुपमा परिचित श्री बैजनाथ युवा जनसेवा समितिले स्थानिय स्तरमा सवैखाले समाजिक कार्यमा सहभागिता जनाउदै आएको छ ।
साधारण सभाको अध्यक्षता निवर्तमान अध्यक्ष हरि दत्त जोशीले गरेका थिए । कार्यक्रममा भीनपा १६ का वडा अध्यक्ष केशब सिंह बिष्ट प्रमुख र भीनपा १२ का वडा अध्यक्ष भुपेन्द्र रावल विशिष्ठ अतिथि थिए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष नर बहादुर साउँद, पूर्व अध्यक्ष भवानी प्रसाद पन्त लगायत सहभागी भएका छन् ।
समितिको अध्यक्षमा चयन भएपछि आफु संस्था र समाजका लागी जस्तोसुकै समस्या परेका बेला समेत आफ्नो क्षमता अनुरुप लागी पर्ने र आफ्नो टिममा आएका अन्य साथिहरुलाई समेत समाज रुपान्तरणका लागि अघि बढ््ने हौसला र साथ दिने नव निर्वाचित अध्यक्ष अशोक सिंह बुढापालले बताए ।

