ghar sansar

अवैध ढुङ्गाले भरियो बगुन खोलाको बगर

वडा अध्यक्षमाथि स्थानीयले उठाए प्रश्न, अध्यक्ष भन्छन्– मैले कहाँ थुपारेको छु देखाई दिनु

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका ४ बगुन खोलाबाट अवैध रुपमा उत्खनन गरिएका ढुङ्गा नदी बगर, सार्वजनिक र सामुदायिक वन क्षेत्रमा थुपारिएका छन् । असार १ गतेदेखि खोला नालाबाट नदीजन्य पदार्थको उत्खनन तथा निकासी बन्द भएपछि स्थानीयले अवैध रुपमा उत्खनन गरी बिक्रीका लागि ती ढुङ्गा संकलन गरेका हुन् ।

स्थानीयका अनुसार अवैध उत्खननमा बगुन र बैतोडाका ट्रयाक्टर भएका स्थानीय संलग्न छन् । उनीहरुले जेसिभी लगाएर खोलाबाट ढुङ्गा उत्खनन गरी ट्रयाक्टरबाट बगर, सार्वजनिक जमिन र सिद्ध बैजनाथ सामुदायिक वन क्षेत्रमा ढुङ्गा संकलन गरी राखेका छन् । अहिले अवैध ढुङ्गा उत्खनन गर्दै आएका ट्रयाक्टर असार १ गते अघिसम्म रोयल्टी तिर्दै ढुङ्गा, बालुवा संकलन गर्दै आएका थिए ।

,orning glory badhai

‘असार १ गतेसम्म रोयल्टी तिर्दै ढुङ्गा संकलन गरियो, खोला बन्द भएपछि रात दिन आएर ढुङ्गा उठाएर चट्टा लगाएर राखिएको हो’ एक स्थानीयले भने,‘कसैले रोक्न खोजे मारि दिन्छौ भन्ने धम्की दिन्छन्, ट्रयाक्टरको बीमा छ, मरेपछि त्यही बिमा दिँदा पनि हुन्छ भन्छन् ।’

अवैध रुपमा खोलाबाट धमाधम ढुङ्गा उत्खनन गरिए पनि वडा कार्यालय सहित सम्बन्धित निकायले मौन बसेको स्थानीयको आरोप छ । वडा कार्यालयले पाँच दिन अघि सार्वजनिक सूचना जारी गरी स्थानीय आरोपलाई पुष्टि गरि दिएको छ ।

वडा अध्यक्ष नरेन्द्र बहादुर बोहराले साउन १७ गते अवैध उत्खनन रोक्न सार्वजनिक सूचना जारी गरेका छन् । वडा अध्यक्षले सार्वजनिक सूचना जारी गर्न अघि नै ढुङ्गा संकलन भई सकेका छन् ।

dirghayi clinic

वडा अध्यक्ष बोहरा आफंै पनि अवैध ढुङ्गा संकलनमा संलग्न भएको स्थानीयको आरोप छ । बगुन खोलाको झोलुङ्गे पुल क्षेत्रमा वडा अध्यक्ष बोहराका अवैध ढुङ्गा थुपारेको स्थानीयले बताए ।

स्थानीयका अनुसार उनी वडा अध्यक्ष बोहरा २०७१ देखि ढुङ्गा, बालुवा लगायतका नदीजन्य पदार्थको कारोबार गर्दै आएका छन् । वडा अध्यक्ष निर्वाचित भएपछि उनले सहोदर भाईलाई नदीजन्य पदार्थको कामको जिम्मेवारी दिएका छन् । वडा अध्यक्ष बोहराले भने आफूले नदीबाट अवैध ढुङ्गा उत्खनन नगरेको दावी गरे । ‘कसैले मलाई भन्छ भने मैले कहाँ ढुङ्गा जम्मा गरेको छु, देखाई दिनु प¥यो’ उनले भने ।

सामुदायिक वन क्षेत्रमा पाँच दर्जन स्थानमा अवैध उत्खनन गरिएका ढुङ्गा थुपारिएको वन पदाधिकारी बताउँछन् । खोलाको बगर र सार्वजनिक जमिनमा वनि दर्जनौ स्थानमा ढुङ्गा राखिएका छन् । ती ढुङ्गा कम्तिमा सात प्रति ट्राली सात हजारले बिक्री हुने गरेका छन् ।

सिद्ध बैजनाथ सामुदायिक वनले अवैध उत्खनन रोक्न असारदेखि वडा कार्यालय, बेदकोट नगरपालिका, डिभिजन वन कार्यालय र ब्रह्मदेब सव डिभिजन कार्यालय गुहार्दै आए पनि पूर्ण रुपमा नियन्त्रण गर्न असमर्थ भएको छ ।

सामुदायिक वनका अध्यक्ष राजेन्द्र सिह भण्डारीले वन समूहका पहल अपेक्षित रुपमा सफल हुन नसकेको बताए । ‘अवैध उत्खनन नियन्त्रणमा चुनौती र जोखिम त्यस्तै छन्’ उनले भने,‘अहिले पनि यसलाई रोक्न लागि परेका छौ ।’

केही दिन अघि अवैध उत्खनन गरि रहेका ट्रयाक्टरलाई रोक्न खोज्दा अध्यक्ष भण्डारी खोलामा लडेर घाइते भएका थिए । उनले अवैध उत्खनन गरिएका ढुङ्गालाई कानुनी दायरामा ल्याउनु पर्ने बताए ।

वडा अध्यक्ष बोहराले भने आफूले अवैध उत्खनन नियन्त्रणका लागि सक्रिय रुपमा लागेको बताए । ‘दुई दुई पटक सार्वजनिक सूचना निकालेको छु, ६÷७ खोला छन्, यता रोक्छौ, उता जान्छन्, त्यसैले समस्या छ’ उनले भने,‘वडा कार्यालय यसलाई पूर्ण रुपमा निरुत्साहित गर्न लागि परेको छ ।’

Himal dental
सम्बन्धित
Loading...