ghar sansar

यसरी नै रमेश लेखकले मन्त्रीलाई कहिले सुनाउँछन् कुतियाकवरका पीडा

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नंं. ३ का साँसद एबम् काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बेलौरी भन्सार कार्यालय पुनस्र्थापनका लागि अर्थमन्त्री प्रकाश शरण महतको ध्यानाकर्षण गराएका छन् । काँग्रेस जिल्ला कञ्चनपुर सभापति एवम् भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी सहित काँग्रेस नेताहरुलाई लगेर उनले मन्त्री महतको ध्यानाकर्षण गराएका छन् ।

साँसद भन्सार पुनस्र्थापनका लागि मन्त्रीको ध्यानाकर्षण गराउँदा उनको निर्वाचन क्षेत्रमा पर्ने दोधारा चाँदनीको कुतियाकवर पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीकी साँसद निशा डाँगीले कटानको स्थलगत निरीक्षण गरेकी छन् ।

,orning glory badhai

रास्वपाकी सचेतक समेत रहेकी डाँडीले मिडयाबाट कुतियाकवर वस्तीको पीडा थाहा पाएको उल्लेख गर्दै काठमाडौं फर्केपछि समस्या समाधानका लागि पहल गर्ने बताइन् ।

रास्वपाका नेताहरु सहित वस्तीमा पुगेकी उनले कटान क्षेत्र निरीक्षण गरी स्थानीयबाट कटान लगायतका समस्याबारे जानकारी लिएकी छन् ।

dirghayi clinic

‘मैले यो वस्तीको पीडा मिडियाबाट थाहा पाएको थिए, बस्तीमा निकै पीडा रहेछ’ उनले भनिन्, ‘बस्तीलाई जोगाउन म आजैबाट पहल गर्छु ।’

साँसद लेखक भने आफ्नै निर्वाचन क्षेत्रको वस्तीमा पुगेका छैनन् । केही दिन अघि उनी दोधारा चाँदनी पुगेर पनि कुतियाकवर नगई फर्किएका थिए । काँग्रेस नगर सम्मेलनका लागि उनी दोधारा पुगेका थिए ।

साँसद लेखक काठमाडौं फर्किएपछि कुतियावकरको कटान क्षेत्रबाट काँग्रेसका नगर सभापति राजेन्द्र मल्लले मोबाइल फोनबाट लेखकलाई समस्याबारे जानकारी गराएका थिए । मल्लले लेखकलाई जानकारी गराएका दिन राप्रपाका साँसद ज्ञानेन्द्र शाहीले कुतियावकर आएर संसदमा पीडा उठाउने प्रतिवद्धता गरेका थिए ।

महाकाली नदीमा पानीको वहान बढेपछि वस्तीको जमिन कटान गरिएको हो । स्थानीयले कटान नियन्त्रणका लागि गरेका सबै प्रयास सफल हुन सकेका छैनन् ।

महाकालीले हालसम्म खड्के सुनार, कर बहादुर सुनार, धन बहादुर सुनार, नैन सिंह सुनार, ऐन बहादुर सुनार, भिम बहादुर खत्री, लिला देबी खत्री, जितु खत्री, कले खत्री लगायतका तीन बिगाहा बढी जमिन कटान गरि सकेको छ ।

४० घरधुरी भएको कुतियाकवर महाकाली र जोगबुडा नदीको कटानमा पर्दै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...