ghar sansar

सिडिओलाई गुहार नगरी केही गर्न नसक्ने भएछ शुक्लाफाँटा सरकार

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजारको ढल व्यवस्थापनका लागि प्रशासन कार्यालय आएर छलफल गरिएको छ ।

शुक्लाफाँटा नगरपालिकाले प्रशासनमा आर गरेको छलफलमा सडक डिभिजन कार्यालयले सीमाङकन गर्ने, पूर्वाधार विकास कार्यालयले नाली निर्माण गर्ने र नगरपालिकाले सडक क्षेत्र खाली गराउने निर्णय भएको बैठकमा सहभागीले बताए ।

,orning glory badhai
dirghayi clinic

‘सडक डिभिजन कार्यालयले सोमबार सिमांकन गर्नेछ, नगरपालिकाले तीन दिनभित्र सडक क्षेत्र खाली गराउनु पर्ने छ,’ शुक्लाफाँटा नगरपालिका १ का अध्यक्ष उत्तरदेब भट्टले भने, ‘नगरपालिकाले तीन दिनभित्र सडक क्षेत्र खाली गर्न माईकिङ गर्नेछ, त्यसपछि सडक क्षेत्र खाली नभएमा संरचना भत्काउनेछ ।’

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख हरिप्रसाद सुबेदी, पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रतिनिधि, विद्युत कार्यालयका प्रतिनिधि, शुक्लाफाँटा नगरपालिकाका कार्यबाहक नगर प्रमुख कल्पना जोशी पन्त, प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रप्रसाद भट्ट, वडा नं. १ अध्यक्ष उत्तरदेव भट्ट र वडा नं. ९ का अध्यक्ष रमेशबहादुर ऐर सहभागी भएका छन् ।

केही दिन अघि परेको वर्षाले बजारमा जलमग्न भएपछि शुक्लाफाँटाको जनप्रतिनिधिको चौतर्फी आलोचना गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...