ghar sansar

१० महिनादेखि तलब नपाएपछि भीमदत्तका बाल विकास शिक्षिका आन्दोलित, नगरपालिका कार्यालयमा धर्ना

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्तनगर नगरपालिका भित्रका बाल विकास शिक्षिकाहरुले नगरपालिका कार्यालयमा धर्ना दिएका छन् । विगत १० महिनादेुखि उनीहरुको परिश्रम वाफतको तलव नपाएको र छिट्टै तलव पाउनुपर्ने माग राख्दै धर्ना दिएका हुन् ।

जिल्लाका ९ वटा स्थानिय तह मध्ये अधिकांस पालिकाहरुले वालविकास शिक्षक–शिक्षिका हरुलाई तलव दिई सकेको अवस्थामा भिमदत्त नगरपलिकाले भने वजेट अभावको कारण देखाउदै तलव व्यवस्थापन गर्न सकेको छैनन् ।

,orning glory badhai

विगत १० महिना वढि समय भईसक्दा समेत आफुहरुले तलव नपाएको र आफुले गरेको कामको पारिश्रमिक का लागी समेत आन्दोलन गर्नु अवस्था रहेको भन्दै विगतमा समेत तलवका लागी आन्दोलन र धर्ना गर्नु परेको शिक्षिका लक्ष्मी पाण्डेय बताइन् ।

dirghayi clinic

भीमदत्तमा १ सय ४० बाल विकास शिक्षिका छन् । नगरपालिकाले तलव मासिक ७ हजारका दरले व्यहोर्ने र बाँकी केन्द्र सरकारबाट विनियोजन हुने १५ हजार तलव भुक्तानी गर्दे आएको छ ।

अन्य सवै र्काचारीको हरुले महिना पिच्छे तलव तथा चाडपर्वका बेला पेश्की समेत पाउने गर्दछन तर आफुहरुले पेश्कीको तर कुरुै छोडौ समयमा तलव पाउन समेत आन्दोलन गर्नु पर्ने अवस्था आएको हुन्छ भन्दै आफ्नो माग अविलम्व सुनवाई हुनुपर्ने अर्कि शिक्षिका जयन्ती जोशीले वताएकी छन ।

विगतका वर्षमा पनि दशैको मुखैमा आन्दोलन गरेरै तलव पाएको र यस वर्षपनी दिदि वहिनीहरुको महान पर्व तिज आउन केहि दिन मात्रै वाकी रहदो घर खर्च कसरी धान्ने चिन्ता मा सवै दिदि वहिनीहरु रहेको बताउदै नगरपालिकाले १० महिनाको पुरै तलव नभए पनि ६ महिनाकै रकम को व्यवस्था गरिदिए चाड पर्व मनाउन र घरजोहो गर्न सहज हुने वालविकास शिक्षा सुदुरपश्चिमका उपाध्यक्ष रमा उपाध्यायले बताइन् ।

भीमदत्त नगरपालिकाकाले बजेट अभावका कारण समयमै तलव निकासा गर्न नसकेको र अहिले आर्थिक वर्ष सुरु भएकाले खाता खुल्न समय लाग्ने जनाएको छ । आगामी भदौ वा असोजसम्म सबैको तलव दिन सकिने भीमदत्त नगरपालिका प्रवक्ता महेन्द्र खड्काले बताए ।

 

Himal dental
सम्बन्धित
Loading...