ghar sansar

पार्कीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले लिन मानेन जाहेरी, व्यहोरा नमिलेको भन्दै फिर्ता

little buddha academy
khasi

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार विहान भाँसीस्थित नहरमा मृत भेटिएका भीमदत्त नगरपालिका ६ भूमिराज टोलका लोकेन्द्र पार्की परिवारको जाहेरी फिर्ता नगरी फिर्ता पठाइ दिएको छ ।

तीन दिनदेखि हराएका पार्कीको शव बिहीबार विहान भाँसीस्थित नहरमा भेटिएपछि उनकी पत्नि निर्मलाले हत्या गरिएको भन्दै उनीसंगै काम गर्र्दै आएका तीन सहित चार जनाको नाममा जाहेरी दरखास्त प्रहरी कार्यालय पुगेकी थिइन् । जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाले जाहेरीको व्यहोरा नमिलेको भन्दै फिर्ता गरि दिएको मृतक पार्कीका आफन्तले बताएका छन् ।

,orning glory badhai

मृतक पार्कीका पत्निले प्रहरी कार्यालयमा दर्ता गराउन खोजेको जोहरीमा जस राम लुहार सहित बेलडाँडी गाउँपालिका राम बहादुर चौधरी, सन्तोस चौधरी र भीमदत्त नगरपालिका ३ का पवेन्द्र भट्टको नाम उल्लेख गरिएको छ । उनीहरुमध्ये भीनपा ३ का भट्टको घरमा मृतक पार्की सहितले ग्रिलको काम गर्दै आएका थिए ।

dirghayi clinic

पार्की हराएको भन्दै उनका मोबाइल, पर्स र चप्पल घर पुगाउने लुहार प्रहरी नियन्त्रणमा छन् । नहरमा पार्कीको शव भेटिएपछि लुहारलाई नियन्त्रणमा लिएर प्रहरीमा हिरासतमा राखिएको छ । उनी पार्कीका छिमेकी हुन् ।

शव भेटिएपछि उनका आफन्त हत्या गरिएको भन्दै कारवाहीको माग राखेर प्रहरी कार्यालय पुगेका छन् । उनीहरु प्रहरी कार्यालयमा प्रवेशद्वारमा धर्ना दिएर बसेका छन् ।

साउन २३ गते रातिदेखि हराएका पार्कीको दुई दिनदेखि खोजी गरिएको थियो । प्रहरी हिरासतमा भएका लुहारले मृतक पार्कीको त्यहाँ झगडा भएको बताएको उनका आफन्त बताउँछन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायक उपरीक्षक प्रकाश डाँगीसित पटक पटक सम्पर्क गर्दा उनको फोन उठेन ।

Himal dental
सम्बन्धित
Loading...