

महेन्द्रनगर । नेकपा एमाले( कञ्चनपुरले भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटामाथि भएको साँघातिक आक्रमणका घट्नालाई अक्षम्य अपराध भन्दै संलग्नमाथि कारवाही थालिएको जनाएको छ ।
एमाले कञ्चनपुरका कार्य वाहक अध्यक्ष लक्ष्मी बुढाले पार्टीका जिम्मेवारी नेता र बाहिरका आक्रमणमा संलग्न देखिएकाले कानुनी प्रक्रिया र पार्टीको विधि अनुसार कारवाही अघि बढेको जानकारी गराएकी छन् ।


कार्य वाहक अध्यक्ष बुढाले प्रेषिज्ञ विज्ञप्तिमा पार्टी र संगठनमा फरक मत राख्ने विधि र प्रक्रिया भए पनि भौतिक आक्रमणमा उत्रिनु निन्दनीय भएको उल्लेख गर्दै घट्नाले संगठनमा अराजकता मौलाएको र अपराधिक प्रवृत्तिको मनोवृत्ति छताछुल्ल भएको उल्लेख गरेकी छन् । उनले पार्टी कार्यालयको कम्प्यटुर कक्षमा तोडफोड गरी देवकोटालाई बाहिर लगेर आक्रमण गरी घाइते बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं जिल्ला अधिवेशनमा अध्यक्ष मण्डलका सदस्य रहेका वडा अध्यक्ष देवकोटालाई शनिबार दिउँसो पार्टी कार्यालयमा प्रतिनिधिको नामावली टाँस गर्ने क्रममा संघका कार्यकर्ताले आक्रमण गरेका थिए । आक्रमणबाट घाइते देवकोटा उपचारका लागि धनगढीस्थित माया मेट्रो हस्पिटलमा भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था सुधार हुन नसकेपछि उनलाई काठमार्डौ रेफर गर्ने तयारी गरिएको छ ।
एमाले जिल्ला कमिटी सदस्य विष्णु कँडेलले देवकोटाको स्वास्थ्य अवस्था क्रिटिकल भएकाले केही समयपछि उनलाई काठममार्डौ लगिने बताए । ‘अवस्था क्रिटिकल छ, अब डाक्टर आएपछि काठमाडौं लग्छौ’ उनले भने ।


