ghar sansar

भीमदत्तका मेयर उप मेयरलाई अदालतको कठघरामा उभ्याउने प्रयास, होला त सफल

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र उप मेयर निलम लेखक जोशी सहित वडा अध्यक्ष विरुद्ध अदालतमा मुद्दा पर्ने भएको छ । भीमदत्त नगरपालिका ५ वनगाउँका स्वास्थ्य अभियन्ता राजु सिह खड्काले स्थानीय तह निर्वाचनमा गरिएका प्रतिवद्धा पूरा गरी ढाँटेको भन्दै उनीहरु विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गर्न लागेका हुन् ।

अदातलमा मुद्दा दर्ता अघि खड्का मेयर र उप मेयर सहित सबै वडा अध्यक्षलाई एक साताको समय दिएर वाचा पूरा गराउन दबाव दिइ रहेका छन् । उनले चुनावमा गरिएका वाचा पूरा गराउन स्मरण सहित भेटघाट गरेका छन् ।

,orning glory badhai

चुनावमा गरिएका वाचा स्मरण गराउँदै अदालत जानु अघि सबैलाई भेटेर स्मरण गराई रहेको खड्काले बताए । ‘यो समयभित्र पूरा भएन भने अदालत जान्छु’ उनले भने, ‘त्यसपछि जे हुन्छ अदालतबाट हुन्छ ।’

dirghayi clinic

भीमदत्त नगरपालिकाका मेयर उप मेयर सहित वडा अध्यक्षहरुले स्थानीय तह निर्वाचन गरिएका कुनै पनि वाचा पूरा गर्न नसकेको खड्काले बताए ।

स्थानीय तह निर्वाचनपछि अन्य पालिकामा छाडा चौपाया व्यवस्थापन गरिए पनि भीमदत्त नगरपालिकामा वेवास्ता गरिएको खड्काले बताए ।

‘सबै नगरपालिकामा गाई गोरु व्यवस्थापन भएको छ, यहाँ भएको छैन’ उनले भने,‘महिना ४÷५ एक्सिडन्ट हुन्छन्, गाई गोरु मरेका छन् ।’

जिल्ला अदालतमा मुद्दाका लागि खड्काले वडाका वासिन्दाको हस्ताक्षर संकलन गरी कानुनी परामर्श लिइ सकेका छन् । कानुन व्यवसायीहरुले सार्वजनिक महत्वको विषय अन्र्तगत मुद्दा दायर गर्न सकिने सुझाव दिएको उनी बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...