ghar sansar

अझै कति दिन लम्बिने हो सुप विश्वविद्यालय केन्द्रीय कार्यालयको तालाबन्दी, राप्रपाको विद्यार्थी संगठन भन्छ– नियुक्ति खारेज नभएसम्म रहन्छ

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा लगाएको तालाबन्दी राख्ने भएको छ । विश्वविद्यालयले विभागीय प्रमुख र आङ्गिक क्याम्पस प्रमुखहरु दलीय भागबण्डामा गरिएको भन्दै संगठनले ३७ दिन अघि विश्वविद्यालय केन्द्रीय कार्यालयको प्रवेशद्वारमा तालाबन्दी गरेको थियो ।

विद्यार्थी संगठनले दलीय भागबण्डामा गरिएको नियुक्ति खारेज नभएसम्म तालाबन्दी नखोल्ने अडान लिएको छ । भदौ १० गतेपछि तालाबन्दीलाई यथावत राखेर थप आन्दोलन कार्यक्रम गर्ने संगठनको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कमिटीका अध्यक्ष प्रेम रावलले बताए ।

,orning glory badhai

संगठनले आइतबार पत्रकार सम्मेलन गरी नियुक्ति खारेज नभएर प्रतिस्पर्धाबाट आउने प्रक्रिया थालनी नभएसम्म तालाबन्दी नखोलिने स्पष्ट पारेको छ ।

‘यो विश्वविद्यालयका पदाधिकारी बसेर नियुक्ति खारेज गरी नयाँ प्रक्रिया छनौट नभएसम्म तालाबन्दी खुल्दैन’ पत्रकार सम्मेलनमा उनले भने,‘तालाबन्दी यथावत हुन्छ, भदौ १० पछि केही फरक हिसाबले जान्छौ ।’

dirghayi clinic

दलीय भागबण्डामा छनौट गर्दा विश्वविद्यालयमा वर्षौदेखि अध्यापन गराएका अनुभवी र योग्य प्राध्यापक जिम्मेवारीबाट वञ्चित हुने अवस्था आएकाले आफूहरुले खारेजीका लागि आन्दोलन गरेको उनको भनाई थियो ।

विश्वविद्यालय पदाधिकारी तालाबन्दी खोल्न गम्भीर नभएको अध्यक्ष रावलले आरोप लगाए । उनका अनुसार हालससम्म तालाबन्दी भएपछि विश्वविद्यालयका रजिष्टसितसित एक पटक मात्रै छलफल भएको छ ।

विश्वविद्यालयका कर्मचारीले भने आफूहरुसित पटक पटक छलफल गरेको उनले बताए ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरका निवर्तमान अध्यक्ष नरेश कार्कीले भागबण्डाको संस्कार विश्वविद्यालय अपेक्षित गतिमा अघि बढ्न नसकेको बताए ।

विश्वद्यिालय केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि केन्द्रीय कार्यालयका कर्मचारी घरमा बसि रहेका छन् ।

तालाबन्दीपछि काठमाडौंमा विश्वविद्यालय सभा (सिनेट) बसेको थियो । सिनेटपछि उपकुलपति प्रा.डा. अम्मराज जोशी र रजिष्ट्रार यज्ञराज पाठकले तालाबन्दी खोल्नका लागि काठमाडौंमा छलफल गरेको समाचार आएका थिए ।
अअ

Himal dental
सम्बन्धित
Loading...