ghar sansar

एमालेले थाल्यो वडा अध्यक्ष देवकोटामाथि आक्रमण छानबिन, इन्चार्ज सहितका नेतासित छानबिन समिति पार्टी कार्यालयमा छलफल गर्दै

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं जिल्ला अधिवेशनमा भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटामाथि भएको साँघातिक आक्रमण छानबिनका लागि नेकपा एमालेले बनाएको समिति महेन्द्रनगर पुगेको छ ।

सोमबार साँझ महेन्द्रनगर पुगेको समिति विहान पार्टी कार्यालय पुगेको समितिले विहान पार्टी कार्यालय पुगेर एमालेका कञ्चनपुर इन्चार्ज नारदमुनि राना सहित जिल्ला पदाधिकारी र नेताहरुसित छलफल सुरु गरेको छ । अहिले पार्टी कार्यालयमा घट्नासंग सम्बन्धित पक्षसित कसरी पुग्ने भन्ने विषयमा छलफल गरि रहेको छ ।

,orning glory badhai

साउन २६ गते संघको १० औं जिल्ला अधिवेशनमा निर्वाचन समितिका सदस्य वडा अध्यक्ष देवकोटामाथि संघका नेता कार्यकर्ताको समूहले पार्टी कार्यालयमा साँघातिक आक्रमण गरेपछि एमालेले उपाध्यक्ष युवराज ज्ञवालीको नेतृत्वमा छानबिन समिति बनाएको थियो । समितिमा भानुभक्त ढकाल र ज्वालाकुमारी शाह सदस्य छन् ।

dirghayi clinic

एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख कर्ण बहादुर चन्दले छानबिन समितिले पार्टी कार्यालयमा इन्चार्ज सहित नेतासित घट्नासंग छलफल गरि रहेको बताए ।

‘समिति अहिले पार्टी कार्यालयमा घट्नासंग इन्चार्ज कमरेड लगायत नेतासंग कसरी जाने भनेर छलफल गरि रहेको छ, त्यसका आधारमा घट्नासंग सम्बन्धित पक्षसम्म समिति जानेछ’ उनले भने । समिति घट्ना सम्बन्धि जानकारी लिएर शुक्रबार फर्किने नेताहरुले बताएका छन् ।

छानबिन समिति पार्टी कार्यालय पुगेपछि देवकोटा परिवार सदस्य र आफन्त पनि पार्टी कार्यालय पुगेका छन् । आक्रमणबाट गम्भीर घाइते देवकोटाको काठमाडौंमा उपचार भई रहेको छ । उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको उनका आफन्तले बताएका छन् ।

देवकोटाको परिवारले आक्रमण संलग्न भएको आरोपमा एमालेका जिल्ला कमिटी सदस्य सहित ८ जना विरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका छन् । त्यसमध्ये ६ जनाले समर्पण गरेका छन् । उनीहरु सबै प्रहरी हिरासतमा राखिएका छन् ।

आक्रमणमा संलग्न जिल्ला कमिटी सदस्य सहित सबैलाई एमालेले पार्टी सदस्यता समेत नरहने गरी पार्टीबाट निस्कासन गरि सकेको छ ।

Himal dental
सम्बन्धित
Loading...